Saturday, 27 August 2016

टोकियो विमानस्थलबाट गैरखेलाडी बेपत्ता

क्रिकेटका नाममा मानवतस्करी

काठमाडौं: मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुईजना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाट अन्यत्रै लागेको स्वदेश फर्किएका खेलाडीले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जबाफमा समेत गैरखेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

'हामी सात खेलाडी र हामीले चिनेका दुई अफिसियल विमानस्थलबाट होटेल पुग्दा अन्य नौजनामध्ये दुई मात्रै हामीसँग थिए । बाँकी सातजना बाटोबाटै हराइसकेका थिए', जापान पुगेर फर्किएकामध्ये एक खेलाडीले नाम नलेख्ने सर्तमा भने, 'उनीहरूमध्ये केही विमानस्थलबाटै गायब भएका थिए । दुईतीनजना भने बाटोमा गाडी रोकेर निस्किएका थिए ।' ती खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरूसँग दोस्रोपटक भेटसमेत भएन ।

टोलीसँगै बसेका दुई गैरखेलाडीले भने जापानका स्थानीय टोलीविरुद्ध तीन खेलमध्ये दुई खेल खेलेका थिए । ती खेलमध्ये एकले दुई खेल तथा अर्का एकले एक खेल मात्रै खेलेका थिए । ती दुईजना पनि खेल समाप्त भएपछि टोलीसँगै नेपाल फर्किएनन् । प्रतियोगिता खेल्न गएकाहरू बाटैबाट गायब भएपछि टोलीसमेत अपूरो बनेको थियो । त्यसैले अन्तिम दुई खेलमा टोली व्यवस्थापक बनेर गएका किरण राणाले खेल्नुपरेको थियो ।

त्यसअघि नै जापानमै रहेका राष्ट्रिय टोलीका पूर्वखेलाडी राजकुमार प्रधान र उनले बोलाएका अन्य साथीले समेत नेपाली टोलीबाट प्रतियोगिता खेलेका थिए ।

सँगै गएका खेलाडी बाटोबाटै हराए पनि टोली व्यवस्थापनले सोधखोज नगरेको देखिएको छ । नेपाली टोलीसँगै गएका नेपाली सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनी तथा यू १९ राष्ट्रिय टोलीका खेलाडी प्रेम तामाङ, सौरभ खनाल, रामनरेश गिरी, फजलुर रहमान, अमित श्रेष्ठ र राष्ट्रिय खेलाडी सोनु तामाङ भने नेपाल फर्किएका छन् । उनीहरूसँगै टोली प्रशिक्षकका रूपमा गएका सुन्दर थापा क्षेत्री र व्यवस्थापकका रूपमा गएका किरण राणा पनि फर्किएका छन् ।

खेलाडीकै रूपमा लगिएका अन्य नौजना भने टोलीसँगै नफर्किएपछि सरोकारवाला निकायले त्यसको छानबिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जापान खेल्न गएकोबारे खेलाडीसँग लिखित स्पष्टीकरण सोध्न प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएको छ भने युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पनि आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । मैत्रीपूर्ण खेल खेल्ने टोली गत १५ जुलाईमा जापान गएको थियो ।

नेपाली खेलाडीलाई प्रतियोगिताबारे झुक्याइएको खुलेको छ । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडीलाई भारत, बंगलादेशलगायत देशबाट समेत टोली आउने र प्रतियोगिता भव्य हुने बताइएको थियो । यद्यपि खेलाडीले उनीहरूलाई भनिएजस्तो प्रतियोगिता नभएको बताएका छन् । 'जापान जानुभन्दा पहिले हामीलाई ठूलो प्रतियोगिता हुँदैछ । भारत, बंगलादेशलगायत ठूला देशबाट समेत राम्रा टोलीहरू आउँछन् भनिएको थियो', ती खेलाडीले भने, 'तर जापानमा हामीलाई भनिएजस्तो प्रतियोगिता भएन । अन्य कुनै पनि देशका टोली आएनन् । हामी जापानको मध्यम खालको टोलीसँग खेलेर फर्कियौं ।'

जापानमै लुकेको आशंका गरिएका नौ गैरखेलाडीलाई समन्वय कसले गरेको थियो भन्ने अझै खुल्न नसके पनि राष्ट्रिय टोलीका खेलाडीलाई भने आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिका सचिवसमेत रहेका किरण राणाले पहल गरेको खेलाडीले बताएका छन् । 'हामीलाई किरण सरले नै प्रतियोगिताका बारेमा बताउनुभएको थियो । हामी कसैले पनि हामी सात खेलाडी र किरण सरबाहेक अन्यलाई चिनेका थिएनौं', एक खेलाडीले भने, 'किरण सरकै प्रस्तावमा हामी प्रतियोगिता खेल्न जापान गएका हौं ।' टोलीसँगै नेपाल फर्किएका राणा भने हाल अमेरिकामा छन् ।

यसैबीच क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको बारे छानबिन गर्न क्रिकेट खेलाडी संघ र नेपाली क्रिकेट समर्थक समाजले सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय टोलीका कप्तान तथा क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले नेपाली क्रिकेट परिवारलाई स्तब्ध बनाएको र नेपाली क्रिकेटको सम्मानमा आँच पुर्‌याएको उल्लेख छ ।

'क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको आशयको समाचार सार्वजनिक भएको छ । यस्तो घटनाले नेपाली क्रिकेट परिवारलाई निराश तुल्याएको छ', विज्ञप्तिमा भनिएको छ, 'यस्तो घटनाले नेपाली क्रिकेटको मर्यादामा आँच पुर्‌याउने काम गरेको छ । त्यसैले यस्ता घटनामाथि छानबिन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं ।' खेलाडी संघले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउनेबारे क्यान वा अन्य सम्बन्धित निकायले नियमन गर्नुपर्ने धारणासमेत अघि सारेको छ ।

यस्तै नेपाली क्रिकेट समर्थक समाजले समेत विज्ञप्ति जारी गरेर घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । 'क्रिकेटका नाममा गैरखेलाडी विदेश लानु र उतै छाडिएको घटना क्षमायोग्य छैन', अध्यक्ष भानुभक्त सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनामा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न हामी सरकारसमक्ष अनुरोध गर्दछौं ।'

‘रोनाल्डोभन्दा ग्रिजम्यान उत्कृष्ट खेलाडी हुन्’

काठमाडौंः पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले बिहीबार राति मोनाकोमा युरोकप सर्वोत्कृट खेलाडीको अवार्ड जिते। उत्कृष्ट खेलाडीको उपाधि जित्दा रोनाल्डोले रियल मड्रिडका आफ्नै टिममेट ग्यारेथ बेल र एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई पछि पारे।

तर, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले रोनान्डोभन्दा ग्रिजम्यान नै उत्कृष्ट खेलाडी भएको बताएका छन्। उनले भनेका छन्,‘गत सिजन रोनाल्डोको भन्दा ग्रिजम्यानको प्रदर्शन राम्रो थियो। ग्रिजम्यान विश्वकै तीन उत्कृष्ट खेलाडीमध्ये एक हो।’

रोनाल्डोले युरोपको उत्कष्ट खेलाडीको अवार्ड जितेपनि ग्रिजम्यानले गत सिजन उत्कृष्ट खेल पस्केको हो भन्नेमा कुनै शंका नरहेको बताए। उनले युरोपको उत्कृष्ट खेलाडीको सूचीमा पर्दै युरोकपमा ६ गोल गर्दै गोल्डेन बुट विजेता ग्रिजम्यान अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका खेलाडी भएको बताए।

‘अवार्ड जितेका रोनाल्डोले रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबल र पोर्चुगललार्इ पहिलो पटक युरोकप फुटबलको उपाधि दिलाए। त्यसैले उनलाई उपाधि हात पार्न कसैले रोकेन। रोनाल्डोलाई बधाइ छ। तर, कुनै शंकाविना भन्दा सक्छु, मेरालागि ग्रिजम्यान उपाधिका लागि लायक थियो,’सिमोनले भनेका छन्।

Sunday, 12 June 2016

पत्याउनुहुन्छ ? नियमित बदाम खाँदा अायुँ लम्बिन्छ

बदाम सबैलाई मनपर्ने ड्राइफुड हो । यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ ।
ब्रिघामको डाना फार्बर क्यान्सर इन्सिच्युट, वुमन्स हस्पिटल र हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका बैज्ञानिकहरु ३० वर्षमा १ लाख २० हजार मानिसहरुमा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका हुन् ।
अध्ययनमा दैनिक रुपमा बदाम खानेहरु नखानेहरुको तुलनामा बढी स्लीम भएको पाइएका थिए । यद्यपि अहिलेसम्म बदाम खानाले तौल बढ्छ भन्ने विश्वास गरिन्छ, यसलाई अनुसन्धानकर्ताहरुले गलत ठह¥याएका छन् ।स्वास्थ्य खबरबाट

Tuesday, 7 June 2016

दुधले के काम गर्छ ? कस्तो विरामीले दुध सेवन गर्नु हुदैन जानिराखौं : डा.भगवान कोइराला

बिहिबार, चैत्र ४,
कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याउछ ।
दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।
दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।
कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ । यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ ।
त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ । चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ । त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ । त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ ।
दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ । दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।

सङ्गीतज्ञ गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि गरिने ,गुरुङको पार्थिव शरिरलाई प्रज्ञा भवन लगिँदै, आजै पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडौँ, २५ जेठ । गए राति निधन हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।
तस्बिर इकान्तिपुर बाट
उहाँको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उहाँका माहिला छोरा राजुले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।
अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति आउने क्रम जारी छ । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उहाँ गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो ।
उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताउनुभयो ।
तस्बिर इकान्तिपुर बाट
त्यसैगरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् ।

अख्तियारले दियो सञ्चारमन्त्री राई र सचिव थपलियालाई यस्तो निर्देशन (पत्रसहित)

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सञ्चार सचिव दिनेश थपलियालाई पत्राचार गरेको छ ।

आयोगले प्रेस काउन्सिल नेपालमा सदस्यका रुपमा नियुक्ति गरेका सञ्चारकर्मी दीपक पाठकलाई सरकारले दिएको ९ लाख ५३ हजार ५ सय रुपैयाँ कानूनसम्मत नदेखिएको भन्दै फिर्ता गर्न पत्र काटेको हो

आयोगले मार्गदर्शन पत्रिकालाई लोक कल्याणकारी विज्ञापन वापत भुक्तानी दिएको ९ लाख ५३ हजार पाँच सय रुपैयाँ प्रचलित कानून र स्विकृत मापदण्ड बिना भएको उल्लेख छ । कानून विपरीत भूक्तानी भएको रकम यथासिर्घ असुल उपर गर्न निर्देशन समेत दिईएको छ ।

यस कारण गच्छदार लाइ छोडी माओवादी छिर्ने तयारीमा डन गणेश लामा, नयाँ खुलासा

काठमाडौं–डन गणेश लामाले गृहमन्त्री शक्ति बस्नेतसँग यस्तो पहुँच बनाएका छन् कि ? कसैले पत्याउँदैनन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य रहेका लामा उक्त पार्टीमा असुरक्षित महसुस गरेपछि माओवादी छिर्ने तयारीमा लागेका छन् ।
काभ्रेमा माओवादी नेता लालध्वजमार्फत उनले पार्टीका ठूला नेताहरुसँग भेटघाट गरी सुधार सम्बन्ध बनाएका छन् । ती नेताहरुमार्फत लामाले गृहमन्त्रीसम्म समेत आफ्नो पहुँच बनाइसकेका छन् ।
अवैध गतिविधिमा संलग्न व्यक्तिहरुको संगत र प्रभावकै कारण मन्त्री बस्नेत माओवादी मन्त्रीहरुमध्ये सबैभन्दा अलोकप्रिय भएका छन् । प्रचण्डकै निकट भएकाले मात्र अहिलेसम्म उनको पद बचेको माओवादी नेताहरु बताउँछन् ।a
मन्त्री बस्नेत भन्दा पनि उनकी श्रीमती पहाडीले उनी मन्त्री भएको फाइदा धेरै लिएकी छिन् । प्रहरीका सरुवा बढुवादेखि गुप्तचरको भर्नासम्मको डिल खासगरी सशस्त्र प्रहरीको सरुवा र ठेक्का पहाडीले आम्दानीको स्रोत बनेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।