Tuesday, 19 April 2016

बैज्ञानिकहरुको चेतावनी–इण्डियन र तिब्वती प्लेट जुधेर फेरि ८ रेक्टरको भूकम्प !

बैशाख ०७
काठमाडौं । वैज्ञानिकहरुले नेपाल, भारत, भूटान, अफगानिस्तान लगायत एसियाली राष्ट्रमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने अर्को चेतावनी दिएका छन् ।

आइतबार इक्वेडरमा गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि वैज्ञानिकहरुले एसियाली देशमा निरन्तर भूकम्प गइरहेको उल्लेख गरेका छन् । उनीहरुले अब जाने भूकम्प ८ रेक्टरमाथि भएर बाहिर आउनसक्ने चेतावनी दिएका हुन् ।

भारतीय चर्चित पत्रिका इण्डियन एक्सप्रेसका अनुसार एसियाली देशको भूगोलमा भूकम्पीय शक्ति सञ्चित रहेको बेज्ञानिकहरुको दाबी छ । उनीहरुले यो पक्पन इक्वेडरको भन्दा शक्तिशाली हुने बताएका छन् ।
इण्डियन र चाइनिज प्लेटको टकरावले यस्तो खतरा बढेको र इण्डियन प्लेट चाइनिज प्लेटको तलपट्टी प्रवेश गरिरहेको तथ्य पनि बैज्ञानिकहरुले दाबी गरेका छन् ।

यहाँ सञ्चित शक्ति बाहिर निस्किँदा कम्तिमा ८ रेक्टर स्केल र त्यो भन्दा पनि ठूलो भूकम्प जानसक्ने बताइएको छ । यो सम्भावित कम्पनलाई भविष्यको निकै ठूलो खतरा भनिएको छ ।
बैज्ञानिकहरुले शक्ति सञ्चित भएको बताए पनि भूकम्प कहिले र कुन ठाउँमा जान्छ भन्ने कुराको भने खुलासा गराएका छैनन ।- Nepalsandesh.com

No comments:

Post a Comment