Tuesday, 19 April 2016

विद्यालयबाट फर्किदै गरेकी वालिकाको बलात्कारपछि हत्या

रुपन्देही ७ वैसाख -पाल्पाको तानसेन नगरपालिका, ११ प्रभास नजिकै होलाङ्दी खोलामा विद्यालयबाट फर्किदै गरेकी एक वालिकाको बलात्कारपछि हत्या भएको छ ।

स्कुलबाट फर्कदै गरेकी तानसेन नगरपालिका, ११ लामडाँडा प्रभासकी आठ वर्षिय बालिका वर्षा दर्लामीको बलात्कारपछि आफन्तले बताएका छन् ।

तानसेन नगरपालिका, १४ सुन्दरगाउँको सरस्वती माविमा कक्षा, ३ मा अध्ययन गर्ने दर्लामीको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि नगरेपनि आफन्तले भने पुष्टि गरेका छन् ।
तानसेन नगरपालिका, ११ लामडाँडास्थित घरमा आफनै भाई अनिलसँग विद्यालयबाट फर्कने क्रममा दर्लामी प्रभास चौकी नजिकैबाट अपहरणमा परेकी हुन् ।

अपहरणपछि सिद्दार्थ राजमार्ग र तेल्घातर्फ जाने सडकको नजिकै होलाङ्दी खोलाको झाङ्मा लगेर बलात्कारपछि बालिकाको हत्या भएको स्थानीयले बताएका हुन् ।
मृतकका भाइ पाँच वर्षका कक्षा, १ मा अध्ययन गर्ने अनिलले दिदी वर्षालाई एकजना युवाले समातेर लागेको भनेर घरपरिवारमा खबर गरेपछि प्रहरी र स्थानीयले खोजीकार्य गरेका थिए ।

खोजबिन गर्दा केही घन्टापछि भेटिएको बालिकाको शवमा कुनैपनि कपडा नभएको र यौन अंगबाट समेत रगत बगिरहेको अवस्थामा शव फेला परेको मृतकका आफन्त रामबहादुर दर्लामीले बताए । उनी रगताम्मे भएकी थिइन् । घाँटीमा रहेको टाइ भने बाँकी थियो ।

प्रहरीले अनुसन्धानकालािग न्यौपानेसहित पाच जना युवालाई पक्राउ गरेका छ । न्यौपाने राजमार्गको बाँसटारी र प्रभास बिच भागमा बस्ने गर्छन् । प्रहरी निरीक्षक रमेश भेटवालले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको र विस्तृत जानकारी बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइने बताए ।
पोष्टमार्टमपछि जिल्ला सरकारी अस्पतालका मेडिकल अधिकृत डा. भास्कर हुमागाईले बालिकामाथि बलात्कार भएको संक्षिप्त प्रतिकृया दिए ।
हत्यामा संलग्न युवकले नसालु पदार्थ गाजा

सेवन गरी जघन्य अपराध गरेको स्थानीयले बताएका छन ।वर्षाको शव भेटिएपछि आमा बविताको आँखाबाट आँसु थामिएको छैन ।-DCnepal

No comments:

Post a Comment