Friday, 22 April 2016

पूर्व राष्ट्रपतिमाथि खनिए प्रधानमन्त्री ओली

११ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको नाम उच्चारण नगरि संविधान आउन नदिन उनले सैनिक ‘कू’ को षडयन्त्र गरेको’ आरोप लगाएका छन् ।कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसका अवसरमा एमालेद्धारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति यादवले संविधान आउन नदिन भूमिका खेलेको आरोप लगाए ।

‘संविधान बन्न नदिन कतिसम्मको प्रयास भएको थियो भन्ने कुरा हिजो एकजनाको अभिव्यक्तिबाट थाहा पाइयो,’ ओलीले भने, ‘सकेको भए ‘कू’ गर्नेसम्मका कुराहरु भएका रहेछन् ।’पूर्वराष्ट्रपति यादवले बिहीबार आयोजित एक कार्यक्रममा आफ्नो ठाउँमा अरु कोही भएको भए राजा ज्ञानेन्द्रले २०१७ सालमा गरेको जस्तो घटना दोहोरिन सक्ने अवस्था रहेकहो अभिव्यक्ति दिएका थिए ।

संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरामा चित्त नबुझेको बताउँदै यादवले पदीय जिम्मेवारीअनुसार मात्र आफूले संविधान जारी गरेको बताएका थिए ।
पूर्व राष्ट्रपति यादवप्रति असन्तुष्टि जनाउंदै ओलीले एमालेलाई राष्ट्रपति,प्रधानमन्त्री पद नदिन भूमिका खेलेको आरोप लगाए ।

संविधान बन्नु कति महत्वपूर्ण थियो भन्ने कुरा बुझ्न कार्यकर्तालाई निर्देश गर्दै ओलीले यसको कार्यान्वयनमा सबै पक्ष एक हुनुपर्ने बताए ।nepaliheadlines

No comments:

Post a Comment