भूमीश्वर पौडेल – खासगरी आवसीय घर निर्माण गर्दा वास्तुअनुरूप गर्नु प्रायः सबैको महत्वमा पर्छ । अर्थात् वास्तु अब आवासीय होस् वा व्यावसायिक प्रयोजनका भवन निर्माणमा अनिवार्य बनिसकेको छ ।
यसक्रममा वास्तुको पक्षलाई चासोका साथ प्राथमिकतामा राखिने गरिन्छ । वास्तुलाई ज्योतिस विज्ञानसँग मात्र जोडेर वा निकट राखेर बुझ्ने गरिए तापनि यो सदियौंदेखि पूर्वीय समाज (खासगरी दक्षिण एशियाली मुलुक) ले पछ्याउँदै आएको ‘आर्किटेक्चरल साइन्स’ पनि हो ।
यसर्थ पछिल्लो समयमा संसारका धेरै देशमा भवन निर्माणदेखि दैनिक कार्य संचालनका क्रममा पनि यसलाई अनुसरण गर्न थालिएको छ ।
वास्तु महŒवपूर्ण रहने विभिन्न पक्षमध्ये यहाँ घर वा भवनमा के गर्दा राम्रो हुन्छ, के गर्न हुँदैन वा कुन कुरा शुभ र अशुभ छन् भन्ने कुरा सहज बुझिने शैलीमा बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
घर बनाउन नहुने वार र समय
मंलगवार, आइतवार
गृहनिर्माण समयको कुण्डलीमा तेस्रो, छैटौं, एघारौं स्थानमा पाप ग्रह भए
मेष, कर्कट, तुला, मकर लग्नमा
घर बनाउन लागेको समयको कुण्डलीमा छैटठैं, आठौं, बाह्रौं स्थानमा शुभ ग्रह भए पनि
शनिवार, दुवै भाद्रपदा, ज्येष्ठा, अनुराधा, स्वाती, भरणी नक्षत्र परेको दिन
गृहारम्भ समयमा सूर्य अस्त, नीच, निर्बल भएका बेलामा
त्यस्तै चन्द्रमा निर्बल, निच, अस्त भएका बेलामा
त्यस्तै बृहस्पति निर्बल, निच, अस्त भएका बेलामा
रिक्ता तिथि परेमा
शिलान्यासपूर्व डोब खन्दा कन्या, मिथुन, धनु, मीनको सूर्य भएमा
निर्माण समयमा सिंह लग्न परेमा
मंगलवार हस्ता, पुष्य, रेवती, मघा, पूर्वाषाढा, मूल नक्षत्र परेमा पनि गृहारम्भ गर्नुहुँदैन ।
घरमा टाँस्न नहुने चित्रहरु
आवासीय घर वा भवन, व्यापारिक भवन र विभिन्न प्रकारका चित्र रङको सम्बन्धले पनि गृहपतिलाई असल खराब प्रभाव पार्दछ ।
भगवान्कै भए पनि मुद्राअनुसारका कतिपय चित्रलाई वास्तुशास्त्रले निषेध गरेको छ । जस्तै – रामायण, महाभारतजस्ता युद्धका, काठ, ढुङ्गा वा कागजले बनेका दुष्टात्मा (राक्षस) का चित्रहरु, रोइरहेको अवस्थाका मानिसका, स्याल, गिद्ध, सर्प, लाटकोसेरो, काग, परेवा, बाज, सुँगुर आदि । गणेश, शिवजीका सम्मुख पारेर लगााएका चित्र अशुभ फल दिन्छन् । विभिन्न कलाकर्मीको चित्र पनि लगाउनु हुँदैन । त्यस्तै अस्ताउन लागेको सूर्यको, डुब्न लागेको नाउको चित्र, बाढीले बगाउँदै गरेको, झन्झावतको, दैवी प्रकोपजन्य चित्रहरु लगाउनु हुँदैन ।
घरमा टाँस्न हुने चित्र, मूर्ति, वनस्पति
घरमा सुख, शान्ति, समृद्धिका लागि भवनको प्रकोष्ठ, कार्यालय अनुसार चित्र, मूर्ति, वनस्पति लगाएर वास्तुपुरुषको सकारात्मक ऊर्जा प्राप्त गर्न सकिन्छ ।
घरको दैलो वा पूजास्थलमा गणेश, लक्ष्मी, विष्णु, शिव, देवी आदिको शान्त स्भावको बसेको चित्र वा फोटो
आँगनको बीचमा तुलसी
वास्तुअनुसार विचारणीय नराम्रा पक्षहरु
घरको प्रवेश द्वारमा अर्काे घरको छायाँ पर्नुहुँदैन ।
एकअर्काको प्रवेशद्वार सामुन्ने हुनु नराम्रो ।
पूजास्थल, पाकशाला र शौचालय सँगसँगै बनाइनु नराम्रो ।
प्रवेश द्वारको सामुन्ने पाकशाला हुनु ।
ईशानकोण सफा नहुनु, अग्निजन्य उपकरण आग्नेयकोणमा नहुनु, फुटेको ऐना, शीशा घरमा हुनु
शोचालयको पानी धारो उत्तरबाट दक्षिण वा पश्चिमबाट पूर्व फर्केको नहुनु, बस्ने स्थान उत्तर वा पूर्व फर्केको नहुनु
फोहोर फाल्ने ठाउँ खाँबो, रुख, बिजुलीको खाँबो प्रवेश द्वार सामुन्ने हुनु
भुइँतलाभन्दा अन्य तलामा दैलो, झ्यालको संख्या धेरै हुन
ु
अध्ययन अध्यापन गर्दा पूर्व, उत्तर मुहार नहुनु
घरभित्र धरिन, बीम, कुनोमा बसेर कार्य गर्नु
घरभित्र नागफिनी, गुलाफ जस्ता काँडादार फूल लगाउनु
आकाशे पानीकोनिकास पूर्व, उत्तर नभएर पश्चिम, दक्षिण हुनु
घरको प्रमुख व्यक्तिको शयनकक्ष नैऋत्य वा ईशानकोणमा नहुनु
घरको उचाइ नैऋत्यतर्फ घट्नु र ईशान अग्लो हुनु
चल्दा चल्दै बन्द भएको घडी, मर्करी, बिजुलीका बल्ब नफेर्नु
भर्याङको मुनि पूजाकोठा, शौचालय हुनु
घरको मध्यभागमा इनार, खाल्डो हुनु ।
No comments:
Post a Comment