Friday, 8 April 2016

कपिलवस्तुमा भीषण आगलागि, १२५ भन्दा बढी घर जले

कपिलवस्तु जिल्लाको कुसहवा ४ मा भीषण आगलागी भएको छ ।
अहिलेसम्म १२५ भन्दा बढी घर जलिसकेका छन् भने अझै आगो नियन्त्रणमा आएको छैन ।
आगलागीमा परेर एक बृद्ध घाइते भएका छन् । घाइते हुनेमा ७० वर्षका लटेही रैदास छन् ।
लोध चमार र बुधही मुराउको घरबाट आगलागी सुरु भएको थियो । खाना पकाउने बेलामा बालेको आगो राम्ररी ननिभाएका कारण आगो लागेको बताइएको छ ।
तर, तौलिहवा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
news24nepal बात

No comments:

Post a Comment