Monday, 11 April 2016

श्रीमतीले रक्सी पिउन नमान्दा हात-खुट्टा बाँधेर…

एजेन्सी । लखनउको मऊ जिल्लामा श्रीमानले श्रीमतीमाथि यस्तो अत्याचार गरेका छन् कि जसलाई महिला हिंसाको चरम पराकाण्ठ मानिएको छ ।
रक्सी पिउनबाट रोक्न खोज्दा रिसले आगो भएका श्रीमानले आफ्नै श्रीमतीको हातखुट्टा बाधेर रक्सी उनको शरीरमा छर्किएर आगो लगाइदिएका छन् ।

आगोले जल्दा चिच्याएकी उनलाई छिमेकीहरुले बचाएर गम्भीर अवस्थामा अस्पताल पुगाएका छन् । उनको अवस्था गम्भीर छ ।

समाचार अनुसार मउ जिल्लाको मुहम्मदाबाद गोहना कोतवाली क्षेत्रको भातकोल गाउँ निवासी सञ्जय आफ्नी श्रीमती रीनासँग हरेक दिन झगडा र कुटपीट गर्दथे । शनिबार राति पनि दुबैबीच केही कुरामा झगडामा भएको थियो । त्यसपछि सञ्जयले श्रीमतीको हात र खुट्टा बाँधेर जबरजस्ती मदिरा पिलाउन थाले । रीनाले रक्सी पिउन नमानेपछि सञ्जयले उनको शरीरमा बोलतको पुरै रक्कसी खन्याएर आगो लगाइदिए । त्यसपछि उनी ढोका बन्द गरेर फरार भए ।

भित्रबाट रीना बचाउ बचाउ भनेर चिच्याएपछि छिमेकीले ढोका फोडेर उनलाई अस्पताल पुगाए । उनको अवस्था चिन्ताजनक छ । घटनाको सूचना पाएपछि प्रहरीले रीनाका श्रीमानलाई खोजिरहेको छ ।

No comments:

Post a Comment