Wednesday, 13 April 2016

नेपालमा समेत सुटिङ गरिएको ‘घमण्डी’ डाक्टरको विषयमा बनेको हलिउड फिल्मको ट्रेलर यस्तो

नेपालका विभिन्न भुभागमा सुटिङ गरिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रृलर सार्वजनिक भएको छ । फिल्ममा एक घमण्डी तर निकै नै क्षमतावान डाक्टरको विषयमा कथा बनाइएको छ ।

हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको उक्त फिल्म आगामी नोभेम्बरमा विश्वभर रिलिज हुँदै छ । फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् ।

घमण्डीका साथै पैसाका लागि मात्र बिरामीको उपचार गर्ने सर्जनको भूमिकामा देखिएका बेनेडिक्ट एउटा सडक दुर्घटनमा पर्छन् । निकै नै मतलवी स्वभागका ति डाक्टरले उपचारका क्रममा निकै दुख समेत झल्नुपर्छ ।

त्यसक्रममा उनी अर्कै संसारमा पुग्ने कथा यसमा बढी समेटिएको छ । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा नेपालको पशुपति, स्वयम्भु, हिमाली क्षेत्र लगातयका भूभागमा सुटिङ गरिएको छ । स्वास्थ्य खबर बाट ।
यस्तो छ फिल्मको ट्रेलर

No comments:

Post a Comment