भैरहवा । बुधबार रुपन्देहीको भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले नेपाली संस्कृतिमाथी चौतर्फी हमला भइरहेको बताएका छन् ।नेपालको संस्कृतिमाथी चौतर्फी हमला भइरहेको भन्दै नेपालीलाई एकजुट भएरत्यसको सामना गर्न अपिल गरेका छन् ।
नेपालको राष्ट्रियता र संस्कृति बारे बोल्दै कटवालले नेपाली जनतामा भएको गरिवी र अज्ञानताको फाईदा उठाएर परम्परागत संस्कृति माथि एक तर्फी हमला भैरहेको बताएका छन् । त्यस विरुद्द हरेक नेपालीहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकजुट भएर सामना गर्न परें बताएका छन् ।
नयाँ वर्ष २०७३ को अवसरमा हिन्दु स्वयंसेवक संघ भैरहवा विभागले आयोजना गरेको संस्कृति रक्षा दौड प्रतियोगितामा सहभागी हुन उनी भैरहवा आएका हुन् । नेपाल शन्देसबाट
Wednesday, 13 April 2016
पूर्व प्रधानसेनापति कटवालले मुख खाेले : देशको संस्कृति माथि हमला बाेल्दा हामि चुप बस्दैनाे...
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment