Monday, 4 April 2016

प्रहरीको नाकैमुनि यौनधन्दा, प्रहरी बेखबर

मोरङ / केही समय अघि सम्म पुर्वको ईटहरीमा मौलाएको यौनधन्दा स्थानीय प्रशासनले कडाई गरेपछि ईटहरी आसपासका मुख्य राजमार्गका केही होटलहरुमा यौन धन्दा फस्टाउन थालेको छ । सुनसरीको ईटहरीमा प्रशासनले कडाई गरेपछि इटहरी सँगै सिमाना जोडिएको सुन्दरदुलारी, कोसीहरैचा, बेलबारी पथरी नगरपालिकाका केही होटलमा खुलेआम रुपमा यौन धन्दा हुने गरेका छन । कोशिहरैचा नगरपालिकामा राजमार्ग सँगै रहेका केही होटलमा खुलेआम रुपमा दिउँसै यौनधन्दा हुने गरेको छ ।


ईटहरीमा प्रहरीले छापा मार्न थाले संगै दुलारीका केहि होटलले युवती राखेर ब्याबसाय गर्ने गरेका छन । खुलेआम रुपमा यौन ब्यबसाय फस्टाई रहँदा पनि प्रहरी भने मुकदर्शक बन्ने गरेको छ । ती होटलहरुले मासिक रुपमा प्रहरीलाई पैसा बुझाउने गरेका कारण पैसाको प्रलोभनमा परी छापा नमारेको र त्यस्ता होटलका कारण आसपासका क्षेत्रमा बस्नेलाई समेत समस्या भएको स्थानीयहरु गुनासो गर्छन ।

होटलमा जोडीलाई प्रहरीले पक्राउ नै गरेपनी कसैलाई जानकारी नै नदिई एकरात समेत नराखी छोडने गरेको छ । कोशिहरैचा नगरपालिकाको एक होटलले आफनै घरमा युवती राखेर यौन धन्दा गर्ने गरेको स्थानिय वासिन्दाले वताउँछन । उनी यसअघि पनि युवतीहरुलाई यौनधन्दामा संलग्न गराएको आरोपमा पक्राउ पर्दै छुटदै आएका छन । यता इलाका प्रहरी कार्यलय बेलबारी बाट करिब २ सय मिटर पुर्ब राजमार्गकै आसपासका होटलमा दैनिक यौन ब्यबसाय फस्टाउँदा समेत प्रहरी बेखबर छ । ती होटल सञ्चालकहरु पटक पटक पक्राउ पर्दै छुटदै आएका छन ।
प्रहरीको रासोबासो त्यही हुन्छ तर अचम्म प्रहरीले सो बिषयको सुईँको समेत नपाएको नाटक गरिरहेको छ । दैनिक फस्टाउदै गएको यौनधन्दालाई ब्यावसायीहरुले नयाँ नयाँ ढंगले गर्ने समेत गरेका छन ।

प्रहरीको रासोबासो त्यही हुन्छ तर अचम्म प्रहरीले सो बिषयको सुईँको समेत नपाएको नाटक गरिरहेको छ । दैनिक फस्टाउदै गएको यौनधन्दालाई ब्यावसायीहरुले नयाँ नयाँ ढंगले गर्ने समेत गरेका छन । उत्तरी मोरङका होटलमा यौन धन्दा फस्टाए पनि स्थानिय प्रशासनले ध्यान नदिँदा विद्यालय जाने उमेरका वालिका समेत होटलमा प्रयोग भईरहेका छन । पक्राउ परेका जोडिलाई समेत प्रहरीले कारबाही नगरी छोडिदिँदा यौन धन्दा राम्ररी फस्टाउन थालेको स्थानीयहरु बताँउछन ।

ईटहरीका होटलमा प्रहरीले छापा मार्न थाले पछि होटलका मालिकले नै अन्यत्र कोठा भाडामा लिएर यौनधन्दा गर्ने गराउने गरेका छन । मोरङको लालभित्तिको एउटा घरमा त होटल साहुले घर भाडामा लिएर युवतीहरु राखीरहेको र ग्राहक आउने बित्तिकै मोटरसाईकलमा लैजाने गरेको प्रमाण समेत फेला परेको छ । यता ईलाका प्रहरी कार्यालय वेलवारीका इन्स्पेक्टर मेघराज थापाले भने पक्राउ परेका जोडीलाई आफन्तको जिम्मा लगाउने गरेको बताउँछन । पहिलो पटक पक्राउ परेकालाई सम्झाई वुझाई परिवारको जिम्मा लगाउँदा यस्ता कार्य घटनसक्ने भएकोले आफुले त्यसो गरेको बताउँछन ।

No comments:

Post a Comment