विराटनगरः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा पड्काउन तयार पारेको सुतली बम बिष्फोट हुँदा मोरङमा एकजना घाइते भएका छन् ।
बुधनगर–५ भेडियारीमा भएको विष्फोटमा स्थानीय १७ वर्षीय रुपेशकुमार मण्डल घाइते भएका छन् ।
प्रहरीका अनुसार गाईभैंसी चराउन जाँदा झाडीमा प्लाष्टिकको पोका देखेपछि खेलाउन उठाउँदा बिष्फोट भएर उनी घाइते भएका हुन् ।
बायाँ छाती र बायाँ हातमा चोट लागेर गम्भीर घाइते उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको बायाँ हातको बुढी औंला क्षतविक्षत भएको छ । उनको बायाँ हातको हत्केलामाथिको दुबै हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
थोरै मात्रमा बोल्न सक्ने मण्डलले पोको देखेर उठाउन साथ बिष्फोट भएको जानकारी प्रहरीलाई दिएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रहरीको प्रारम्भीक अनुसन्धानबाट मोर्चाले आन्दोलनका क्रममा पड्काउन भनेर तयार बनाएर राखेको बम बिष्फोट भएको खुलेको बताए ।
‘आन्दोलनमा पड्काउन भनेर तयार पारिएको बम अहिले आएर बिष्फोट भयो,’ उनले भने, ‘बिष्फोटमा ठूलो क्षति नभएपनि एक जना घाइते भएका छन् ।’
भण्डारीका अनुसार मोर्चाले आन्दोलनमा पड्काउन भनेर तयार पारेको बम आन्दोलन मत्थर भएपछि लुकाइएर राखेको अहिले आएर विष्फोट भएको खुलेको छ ।
लुकाएर राखेको बमबारे सबै जानकार नभएका कारण बिष्फोट भएको र मानिस घाइते भएको जानकारी उनले दिए ।
बम कसले बनाएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी एसपी भण्डारीले दिए ।
उनका अनुसार प्लाष्टिकको झोलामा पानी नछिर्ने गरी बेरेर राखिएको अवस्थामा अन्य सातवटा सुतली बम फेला परेका छन् ।
प्रहरीले आन्दोलनका लागि पड्काउन भनेर तयार पारिएको बम आन्दोनल मत्थर भएपछि लुकाएर राखिएको र लुकाएर राखेकै ठाउँमा अहिले आएर विष्फोट भएको जनाएको छ ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ । एसपी भण्डारीले एउटा बम बिष्फोट भएपनि अन्य सातवटा बम भने नेपाली सेनाले डिस्पोज गरेको जानकारी दिए ।
मोरङमा रहेको अर्जुन बाँड गण थलाहाबाट खटिएको सह सेनानी राजु थापा नेत्रृत्वको टोलीले रातो प्लाष्टिकको झोलामा प्याक गरेर राखेको सातवटा सुतली बम डिस्पोज गरेको हो अन्नपूर्ण पोस्ट बात
No comments:
Post a Comment