युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ । यसले कतिपय युवायुवतीको अनुहारै कुरुप बनाइदिन्छ । डण्डीफोर आउँदा खानेकुरा बार्नु पर्छ भन्ने छैन । तर- चिल्लो पदार्थ धेरै मात्रामा खाने र राती ढिलोसम्म बस्नाले डण्डीफोर फैलन सहयोग पुग्छ । उमेरले आउने डन्डिफोर एकपटक आउछ, हराएर जान्छ । आफैँ हराएन भने चिकित्स-कको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ । डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोेर्ने काम गर्नु हुँदैन । यसले गर्दा बिग्रेर अनुहार कुरुप हुन सक्छ ।
कारण
युवावस्थामा हार्मोनको बृद्धि पेटको खराबी रगतको कमी छाला फोहोर हुनु विभिन्न प्रकारका क्रिम मलमको प्रयोग भिटामिन ‘ए’को कमी चिल्लो पदार्थको बढी सेवन सम्भोगको अति चाहना बढी हस्तमैथुन कामोत्तेजक साहित्य महिनावारीमा खराबी पेय पदार्थको असर डण्डीफोरबाट कसरी बँच्ने ? डण्डीफोरबाट बँच्नका लागि सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ । बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ र सूर्योदय भन्दा अगाडि नै घुम्न जाने गर्नुपर्छ । त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि डण्डीफोरको फैलावटका कमी आउने गर्छ । डण्डीफोरबाट बँच्नका लागि बिहानै शौचालय जाने वानी बसाल्नु पर्ने स्वास्थ्य खबरपत्रिकामा उल्लेख छ ।
Monday, 11 April 2016
कसरी आउँछ डण्डिफोर, यसबाट बच्न जान्नु भो ?
Labels:
Health Tips
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment