Thursday, 28 April 2016

फेसबुकका मालिक काठमाडौं आइ पो सकेछन् !

काठमाडौँ, १६ बैशाख, सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफू काठमाडौँ आइसकेको बताएका छन्। उनले काठमाडौँलाई निकै राम्रो सहर ‘ग्रेट सिटी’ भन्दै प्रशंसा गरेका छन्।

नेपाल आएर जुकरबर्गले पहाडी इलाकामा साइकल चलाएकोसमेत उल्लेख गरेका छन् । गत अप्रिल २४ तारिखमा उनले हाफ म्याराथन दौडेको फोटो राख्दै भर्खरै जर्मनीको बर्लिन, स्पेनको बार्सिलोना, चीनको बेइजिङ र भारतको नयाँदिल्लीको भ्रमण गरेको स्टायटस लेखेका थिए।

उनको यही स्टायटसमा एक जना नेपालीले म तपाईँसँग काठमाडौँमा दौड्न पर्खिरहेको छु भनेर कमेन्ट गरे। त्यसको जवाफमा जुकरमार्कले आफू काठमाडौँ आइसकेको जवाफ दिएका हुन्।
तर उनलाई त्यसपछि धेरैले काठमाडौँ कहिले आएको भनेर सोधे पनि जवाफ भने दिएका छैनन्।Aajko khabar

No comments:

Post a Comment