ट्राफिक नियममा कडाई गर्दै सरकारले जरीवाना रकम बढाएको छ। नयाँ ऐनअनुसार न्यूनतम जरीवाना ५ सय रूपैयाँ पुर्याएको छ। यसअघि न्यूनतम जरीवाना २५ रूपैयाँ थियो।
सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको हो। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रालाई बढाएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था
नयाँ व्यवस्था अनुसार अहिले तीन प्रकारका जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको ट्राफिक महाशाखाले जनाएको छ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोहोर्याए क्रमश: १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ।
यसअघि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो। पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो।
यस्ता छन् ५०० जरिवाना हुने कसुरहरु
१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको
यस्ता छन् १००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
यस्ता छन् १५०० सम्म जरिवाना हुने कसुरहरू
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।news24nepal
Friday, 29 April 2016
दुर्घटना बढ्को भन्दै ट्राफिक नियममा कडाई , सरकारले जरीवाना २० प्रतिसत बढ्यो
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment