Monday, 4 April 2016

कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई गृहमन्त्री बस्नेतको निर्देशन

चितवन, गृहमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
चितवन जिल्लाका कार्यालय प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उहाँले अब सडक पाँच मिनेट पनि बन्द गर्न पाइँदैन सोहीअनुसार स्थानीय प्रशासनले काम गर्नुपर्छ भन्नुभयो ।
सडक बन्द हुँदा हुने नोक्सानी निकै ठूलो भएको र त्यस्तो नोक्सान पु¥याउने अधिकार कसैसँग नरहेको उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उहाँले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उहाँले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताउनुभयो ।विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । रासस

No comments:

Post a Comment