Friday, 8 April 2016

भन्ने फ्री, लिने लाख

जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन।


नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अको कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’
दैनिक आफ्नो मुलुकबाट आएका कामदारको समस्यासँग जुधिरहेका नेपाली दूतावासका अधिकारीलाई कतारी निकायले अर्को प्रश्न गर्छन्, ‘नेपालबाट आउने कामदार किन पैसा तिरिरहेका छन्?’

त्यतिमात्र होइन, उनीहरु श्रम कानुन नै पल्टाउँदै देखाउँछन्, भिसा र टिकट खरिद गरेर आएको प्रमाण भेटेमा संलग्न व्यक्तिलाई कारबाही गर्ने कडा कानुनी व्यवस्था हामीसँग छ ।’ त्यसैमा जरिवाना र जेल सजाय पाउने वर्ष पनि जोडिइहाल्छन् ।
कतारमा आउने नगन्य मात्रै भाग्यमानी नेपाली छन् जसले म्यानपावरको सेवा शुल्क दश हजारदेखि २० हजार रूपैयाँ सम्म तिरेर आएका छन्।

नेपालमा एक वर्ष अघि खाडीमा काम गर्न जाने कामदारलाई फ्री भिसा फ्री टिकटको व्यवस्था त गर्यो तर सम्बन्धित निकायकै कमजोरीका कारणअ अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
‘लाख रूपैयाँ तिरेर आउनु परेको छ १० हजारको बिल दिन्छ,’ झापाका रञ्जित बस्नेतले भने । कान्तिपुर दैनिकमाखबर छ ।nepaliheadlines

No comments:

Post a Comment