Saturday, 16 April 2016

मेकअप गर्दा यि सामाग्रीमा ध्यान दिनुहोस्

बढी रातो लिपिस्टिकमा लिडको मात्रा बढी हुन्छ। यसले छालालाई हानी पुर्याउँछ र रगतको प्लाज्मा र किड्नी समेत बिगार्छ। फेयरनेस तथा ह्वाटनिङ क्रिममा मर्करीको मात्रा बढी मिसाइने हुनाले यसतर्फ उपभोक्ता सजग हुनुपर्छ।

नेपाली उपभोक्ताले बुझ्दै नबुझी श्रृंगार सामग्रीको प्रयोग गरेको पाइन्छ। ७० प्रतिशत नेपालीले बुझ्दै नबुझी सौन्दर्य प्रसाधन प्रयोग गर्छन। क्रयशक्ति पनि कम भएकाले न्यून गुणस्तरका श्रृंगार सामग्री प्रयोग गर्ने गरेको पाइन्छ। यस्ता न्यून गुणस्तरका श्रृंगार सामग्रीले छालालाई खराब गरी अनुहारमा दाग समेत बढाउँछन्।

नेपालमा एक्सपाइरी डेट नहेरी सामग्री प्रयोग गर्ने चलन छ। यसले पनि स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ। कस्मेटिक सामग्री गुणस्तरीय, रासायनिक पदार्थ मिसावट नभएको र मधुरो रङको प्रयोग गर्नुपर्छ। राति सुत्नुअघि वा प्रयोग सकिएपछि यस्ता सामग्री शरीरबाट हटाउनु पर्छ।

कस्मेटिक्स प्रयोग गर्दा त्यसमा मिसाइएको इन्ग्रिडेन्टबारे जानकारी भएको मानिससँग सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ। मर्करी मिसिएका सामग्रीको प्रयोग गर्नै हुन्न। श्रृंगार सामग्रीहरु लगातार प्रयोग नगरी बीचबीचमा छाड्दै लाउने गर्नुपर्छ। सकभर रासायनिक भन्दा शुद्ध हर्बल सामग्री प्रयोग गर्नुपर्छ।

क्रिम र सौन्दर्य सामग्रीको बढ्दो प्रयोगसँगै त्यस्ता रसायनको हानिका बिषयमा भने प्रयोगकर्ताहरु अनविज्ञ नै छन्। सुन्दर देखिने रहरमा मानिसका छालाहरू कुरूप बन्दै गएका मात्रै छैनन् , श्रृंगार सामग्रीका कारण शरीरका महत्वपूर्ण अंगहरु समेत कमजोर र रोगी बन्दै गएका छन्।

नेपालमा हालै गरिएको एक अध्ययनले समेत नेपाली बजारमा पाइने नाम चलेका क्रिमलगायतका श्रृंगार सामग्रीमा हानिकारक रसायनको मात्रा मापदण्ड भन्दा बढी भएको देखाएको छ।- DCnepal

No comments:

Post a Comment