Tuesday, 26 April 2016

मलेसियामा श्रम गर्ने कर्णले जिते कराँतेको अन्तर्राष्ट्रिय पदक

बैशाख १४
मलेसियाः फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय निसिमुरा कराँते प्रतियोगितामा कर्णबहादुर राईले स्वर्ण पदक जितेका छन् ।
मंगलबार भएको ८४ किलो तौल समुहको फाइनल खेलमा राईले आयोजक फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । विराटनगरका राई हाल मलेसियामा रहेका छन् ।
मलेसियामा रहेका अर्का खेलाडी अजीत तामाङ्गले ७५ किलो समूहमा कास्य पदक जितेका छन् ।
तामाङ इन्डोनेशियाका खेलाडीसँग पराजीत भएका थिए । प्रवासी सितोरियो कराते संघ मलेसियाको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका दुबै खेलाडीले पदक जित्न सफल भएका हुन ।
यता नेपालबाट प्रतियोगितामा सहभागी भएका सिमन खत्रीले ८४ किलो तौल समुहमा रजत पदकमा चित्त बुझाए । त्यस्तै मोहन तामाङ्गले ५५किलो तौल समूहमा कास्य हात
पारे ।
४५ किलो समूहमा बिगबहादुर थामीले कास्य पदक जित्न सफल भए । सो प्रतियोगितामा फिलिपिन्सले सर्वाधिक स्वर्ण जित्दै प्रथम स्थान भयो ।
प्रवासी सितोरियो संघका अध्यक्ष योगेन्द्र कोइरालाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । कोइराला सितोरियाका एसियास्तरका रेफ्री हुन् ।
- अन्नपूर्ण पोस्ट्

No comments:

Post a Comment