धेरै मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । निदाउँदा आफू घुरिरहेको छु भन्ने उनीहरूलाई थाहा पनि हुँदैन । घुर्ने बानीले सँगै सुत्ने साथीलाई निदाउन समस्या हुन्छ । आफूभन्दा पनि अरूलाई बढी असर पार्ने यो समस्या नेपालमा ३० प्रतिशत पुरुष र २० प्रतिशत महिलामा रहेको विभिन्न प्रतिवेदनले देखाएका छन्। निदाउँदा घुर्ने आफैँमा ठूलो समस्या वा रोग होइन । मानिसले नाक–मुखका माध्यमबाट श्वासनली हुँदै स्वतन्त्र रूपमा हावा शरीरभित्र जान्छ । सोही प्रक्रियामा त्यहाँको विकार हावा बाहिर निस्कन्छ । तर, कुनै मानिसको श्वासनली सुतेका वेला थर्किन्छ ।
त्यसरी थर्कंदा जिब्रो पछाडि धकेलिन्छ । जिब्रो पछाडि गएर श्वासनली झनै साँघुरिँदा मानिसमा घुर्ने समस्या हुन्छ । सामान्यतया घुर्ने मात्र समस्या छ भने त्यसले आफूलाई कुनै हानिनोक्सानी गर्दैन । तर, घुराइसँगै मानिसमा श्वास रोकावट हुने समस्या छ भने त्यसले ठूलो जोखिम ल्याएको हुन्छ । जस्तो, मानिस घुर्दा ५ देखि १० सेकेन्डका लागि श्वास रोकिन्छ । यसलाई एप्निया भनिन्छ । एप्निया कस्तो अवस्थामा छ भनेर चिकित्सकले एक रात सुताइको अध्ययन ९स्लिप स्टडी० गर्दछन् । सोहीअनुसारको उपचार पद्धति अपनाउन सकिन्छ ।
घुर्ने समस्या र सामाधान सामान्य
घुर्ने मात्र समस्या छ र श्वासमा केही गडबढी छैन भने सामान्य समस्या भनिन्छ । यस्तो समस्याले आफूलाई केही असर गर्दैन । नजिकै सुत्ने मानिसलाई असर गर्छ । यस्तो समस्या भएका मानिसलाई श्वास नियमित गराउन डेन्टल एप्लाइन्सहरू पाइन्छ । त्यो लगाए भविष्यमा हुने जोखिम आफैँ कम हुन्छ ।
मध्यम
यस्तो समस्यामा श्वास एक घन्टामा १५ देखि ३० पटक रोकिन्छ । यसको अवस्था हेरेर डेन्टल एप्लायन्स या बढी समस्या छ भने सिप्याप नै लगाउनुपर्छ।
उच्च
घुर्ने मानिसको एक घन्टामा ३० पटकभन्दा बढी श्वास रोकिन्छ भने त्यो उच्च जोखिम हुन्छ । यस्तो जोखिम भएका मानिसले सिप्याप मेसिन प्रयोग गर्नुपर्ने हुन्छ । मोटोपन भएका मानिसमा बढी समस्या हुन्छ ।
यस्तो अवस्थामा पुगेका मानिसमा घुर्ने समस्या पूर्ण निको हुँदैन । तर, सिप्याप लगाएपछि जोखिमलाई पूर्ण नियन्त्रण गर्न सकिन्छ । यसले श्वासलाई सहज रूपमा नियमित गराउँछ ।
घुर्ने समस्याले मात्र कहिल्यै पनि समस्या ल्याउँदैन । जो मान्छे घुर्छ, उसलाई श्वास अड्किएको थाहा हुँदैन । सँगै सुत्ने मानिसले ध्यान दिनुपर्छ । यदि मानिसले आफ्नो तौल नियन्त्रण गरी एप्निया नियन्त्रण गर्न सफल भएमा चिकित्सकले सिप्याप हटाइदिन सक्छन् ।
कस्ता मानिस घुर्छन् रु
जो मानिसको सानो घाँटी छ ।
बढी मोटोपन छ ।
मुख सानो छ ।
नाकको डाँडी बांगिएको छ ।
जसमा डाइबेटिज छ ।
को बढी घुर्छ रु
घुर्ने समस्या यही उमेरका मानिसलाई हुन्छ भन्ने हुँदैन । यसमा कुनै उमेरको छेकबार छैन । धेरैजसो मद्यपान र बढी धुम्रपान गर्ने मानिसमा यस्तो समस्या देखिएको छ । त्यसैगरी, उत्तानो परेर सुत्ने मानिस पनि बढी घुर्ने हुन्छ । यसरी सुत्दा जिब्रो पछाडि जान्छ र श्वास जाने द्वारलाई सानो बनाउँछ । सबैभन्दा राम्रो कोल्टे फर्किएर सुत्नुपर्छ । यो वंशाणुगत पनि हुन्छ । जसका बाबुआमा घुर्छन्, अधिकांश छोराछोरी पनि घुरेको पाइएको छ ।
एप्निया
घुर्ने समस्या रोग नभए पनि एप्निया भने श्वासप्रश्वास र रक्तसञ्चार दुवैसँग जोडिने समस्या हो ।
हाम्रो अध्ययनले के देखाएको छ भने एप्निया हुने मानिसमा मुटुको समस्या हुन सक्छ । उनीहरूलाई हृदयघात हुने या मुटुको चाल बिग्रने समस्या हुन्छ ।
यसकारण एप्नियाले गर्दा अक्सिजनको कमी हुन्छ । एप्नियाले श्वासनली नै बन्द गराउन सक्छ । छोटो समयमा पटक–पटक श्वासनली बन्द हुँदा शरीरका अंगहरूमा अक्सिजन नपुगेर मुटुको चाल बन्द हुने या प्यारालाइसिस हुने समस्या हुन सक्छ ।
त्यस्तै, उच्च रक्तचापको औषधि सेवन गरिरहेको मानिसमा औषधिले काम नगर्ने पनि हुन सक्छ । यो प्रक्रिया एक घन्टामा कतिपटक भयो त्यहीअनुसार जोखिम हुन्छ ।
स्लिप स्टडी
घुर्ने समस्याको समाधान पनि रहेको छ । घुर्ने समस्यालाई पूर्ण नघुर्ने बनाउन नसके पनि यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ । सम्बन्धित रोगका चिकित्सकले जो मानिस घुर्छ, उसको एक रातको सुताइको अध्ययन गर्छन् । त्यहीअनुसार उपचार पद्धति अपनाउँछन् ।
यो पद्धति अहिले नेपालमा पनि उपलब्ध छ । सो अध्ययन गर्नुअघि चिकित्सकले घुर्ने मानिसलाई विभिन्न किसिमका आठवटा प्रश्न गरी थप अध्ययन गर्नुपर्नेरनपर्ने निक्र्योल गर्छन् । यसमा तीनभन्दा माथि आएमा स्टडी गर्नु आवश्यक हुन्छ । जस्तो, दिउँसो गलेको महसुस गर्नुहुन्छ कि हुन्न रु तपाईंलाई मधुमेह छरछैन रु वजन कति छ रु गलाको मोटाइलगायतका विषयमा सोधिन्छ । यो स्टडी अस्पतालमा बसेर या घरैमा पनि गएर गर्न सकिन्छ ।
मिठो निद्राका लागि स्लिप हाइजिन
सुत्नुभन्दा तीन घन्टाअगाडि अनिवार्य खाना खाने ।
सुत्नु एक घन्टाअगाडि तपाईंलाई मन पर्ने संगीत सुन्नुहोस् या किताब पढ्नुहोस् ।
निद्रा लिएर ओछ्यानमा जाने । यदि निद्रा लागेको छैन भने ओछ्यानमा नजाने।
सुत्ने र उठ्ने निश्चित समय बनाउने ।
ओछ्यानमा गएको २० देखि ३० मिनेटसम्म पनि निद्रा लागेन भने कर गरेर नबस्ने । ओछ्यानबाट उठेर आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्ने ।
त्यसो गर्दा ४०र४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।
सबैभन्दा ठूलो समस्या भनेको सुत्ने कोठामा हुने टिभी हो ।
अगाडिबाट टिभी हेर्न बन्द गर्नुपर्छ ।
सुत्ने वेलामा एक घन्टाअगाडि सस्पेन्स, एक्सन फिल्म या भूतको फिल्म हेर्न हुँदैन ।
यसको बढी समस्या भनेको मोटोपन हो । मोटोपन घटाएर माथिका कुरामा ध्यान दिइयो भने समस्या समाधान हुन्छ ।-नयाँ पत्रिका
No comments:
Post a Comment