Saturday, 16 April 2016

मलेसियाका जेल र थुनुवा केन्द्रमा नेपालीको चाप घट्दै, शुक्रबार १४ जनालाई घर फर्काइयो

क्वालालम्पुर, ४ वैशाख । मलेसियामा नेपाली कामदारको कुल संख्यामा गिरावट आएसंगै यहाका जेल र थुनुवा केन्द्रहरुमा पनि नेपालीको चाप घटेको छ ।

गतबर्ष बैशाखमा नेपालमा आएको शक्तिशाली भूकम्प र असारदेखि नेपाल सरकारले लागु गरेको फ्री भिसा फ्री टीकट देखि नै मलेसियामा नेपाली कामदारको कुल संख्यामा गिरावट आउन सुरु भएको हो ।


भूकम्प आएपछि मलेसियाबाट नेपाल फर्किनेको संख्या उल्लेख्य बढ्यो भने, सरकारले लागु गरेको फ्री भिसा फ्री टिकटदेखि मलेसिया आउने नेपालीको संख्या नगन्य बन्न पुगेको हो ।

नेपाली कामदारको कुल संख्यामा कमी आएपछि यहाका जेल र थुनुवा केन्द्रहरुमा पनि नेपालीको चाप घट्न पुगेको हो । बिभिन्न कारणबाट जेल परेका र सजाय अबधि पुरागरि सकेकालाई पछिल्लो समय मलेसियास्थित नेपाली राजदूतावासले पनि धमाधम नेपाल फर्काउने काम गरिरहेको छ ।

अझै पनि करिब ३ सय जना नेपाली मलेसियाका बिभिन्न जेलमा भएको र त्यतिनै संख्याको हाराहारीमा घरफिर्ती केन्द्रमा रहेको यहास्थित राजदूतावासको अनुमान छ । घरफिर्ती केन्द्रमा भएकाहरुलाई पनि प्रक्रिया पुर्याउदै निःशुल्क टिकटको ब्यबस्था गरि नेपाल फर्काउने काम भइरहेको राजदूतावासका प्रबक्ता एवं द्धितीय सचिब उत्तम शाहीले बताए ।
गतबर्ष यता मलेसियाका बिभिन्न जेलबाट उद्धार गरी ५ सय १ जनालाई नेपाल फकाई सकिएको राजदूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै, शुक्रबार (हिजो) मात्रै १४ जनालाई मलेसियाको नगरी सेम्बिलान अध्यागमन बिभाग लेङगेङगबाट उद्धार गरी स्वदेश फकाईएको हो । दशदिन अघि उक्त बिभाग अन्र्तगतको घरफिर्ती केन्द्र स्थलगत अनुगमन गरे लगतै उद्धारको ब्यबस्था गरिएको हो । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले मलेसियाका बिभिन्न जेलमा सजाय अबधि पुरा गरिसकेकाहरुलाई राजदुतावास मार्फत एकतर्फी हवाईटिकटको ब्यबस्था गर्दै आएको छ ।

पछिल्लो समय बोर्डको आर्थिक सहयोगबाट जेलसजाय पुरा गरी सकेकाहरुलाइ घर पठाउंदै आएपनि यसअघि बिभिन्न संघसंस्थाको आर्थिक सहयोगमा स्वदेश फर्काउंने गरिएको थियो । सजाय अबधि पुरा गरिसकेपनि आर्थिक अभाबमा घर फर्किनका लागि एकतर्फी हवाई टिकट काट्न नसकेकाहरुलाई बोर्डको आर्थिक सहयोग सदुपयोग गर्दै राजदूतावासले स्वदेश फकाउने गरेको छ ।


जेल र थुनुवा केन्द्रहरुमा नेपालीको चाप घटेको अनुमान गरी रहँदा मलेसिया सरकारले यहाँका दर्जन भन्दा बढी थुनुवा केन्द्रहरु अबैधानिक कामदारले भरिएको बताइरहेको छ । ती थुनुवा केन्द्रहरुमा कुन मुलुकका कति कामदार छन् भनी स्पस्ट पारिएको भनेछैन । त्यहाँ नेपाली भन्दा अंन्य मूलुक कामदारहरु बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपाली कामदारको कुल संख्या बिगत बर्षहरुमा १० लाख अनुमान गर्ने गरीएको थियो ।

पछिल्लो समय यहाको सरकारले बैधानिक नेपाली कामदारको संख्या ४ लाख ८३ हजार ९ सय ८ भएको तथ्य सार्बजनिक गरेको छ । मलेसियामा आप्रवासी कामदारमाथि हुने ज्यादती नरोकीय, सुरक्षा ब्यबस्था राम्रो हुन नसके र महङ्गी अनुसार पारिश्रमिक नदीने हो भने नेपाली कामदारको संख्यामा अझै गिरावट आउने देखिन्छ ।

No comments:

Post a Comment