Monday, 11 April 2016

मलामी गएका सांसद गणेश थापालाई आर्यघाटमै कस्ले हान्यो त थप्पड?

काठमाडौं, २९ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् ।

सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको प्रहरीले जनाएको छ । झापड हानेपछि उनलाई तत्कालै प्रहरीले पक्रेर हिरासतमा राखेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रबक्ता एसपी प्रधुन्न कार्कीले थापामाथि महतले थप्पड हिर्काएको पुष्टि गरे ।
उनले भने- ‘सम्झाउन खोज्दा उल्टै थप्पड हानेको रहेछ । महतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौ ।

छिट्टै सत्यतथ्य बाहिर आउछ ।’ उनका अनुसार महतलाई गौशाला प्रहरी वृतमा राखिएको छ । उनले थापालाई थप्पड हान्नुको कारण खुल्न सकेको छैन् । स्रोतका अनुसार थापालाई महतले तीन पटक झापड हानेका थिए । (दैनिक नेपालबाट साभार )

No comments:

Post a Comment