Friday, 8 April 2016

सुध्रन नसक्ने बैदेशिक राेजगार – भन्छन फ्रि , लिन्छन लाख

कतार । जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन ।’
नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री,परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अको कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’
दैनिक आफ्नो मुलुकबाट आएका कामदारको समस्यासँग जुधिरहेका नेपाली दूतावासका अधिकारीलाई कतारी निकायले अर्को प्रश्न गर्छन्, ‘नेपालबाट आउने कामदार किन पैसा तिरिरहेका छन्् ?’
त्यतिमात्र होइन, उनीहरु श्रम कानुन नै पल्टाउँदै देखाउँछन्, भिसा र टिकट खरिद गरेर आएको प्रमाण भेटेमा संलग्न व्यक्तिलाई कारबाही गर्ने कडा कानुनी व्यवस्था हामीसँग छ ।’ त्यसैमा जरिवाना र जेल सजाय पाउने वर्ष पनि जोडिइहाल्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment