टेक्सास– अमेरिकाको दक्षिणी टेक्सासस्थित एक व्यक्तिलाई १२ वर्षे बालकलाई हत्या गरी उसको रगत पिएको घटनामा दोषी पाइएपछि मृत्युदण्ड दिइएको छ।
३८ वर्षे पाब्लो भास्केजलाई बुधबार हन्ट्सभिलस्थित मृत्युच्याम्बरमा विषालु सुई हानी मारिएको थियो । टेक्सासमा यसरी मृत्युदण्ड पाउने उनी छैटौं व्यक्ति हुन् । यससँगै सन् १९७६ यता मृत्युदण्डलाई पुनस्थापित गरिएयता यो ५ सय ३७ औं मृत्युदण्ड हो ।
भास्केजका वकिलहरूले भने उनको मानसिक अवस्था ठीक नभएकाले मृत्युदण्ड दिनु गलत भएको बताएका छन् ।
सन् १९९८ मा डेभिड कार्डेनासलाई टेक्सासको डोना सहरमा मृत फेला पारिएको थियो । छाला काढिएको अवस्थामा बालकको शव फेला पारिएपछि शंकाका आधारमा भास्केजलाई पक्राउ गरिएको थियो । उनले पछि घटनामा आफ्नो संलग्नता स्वीकारेका थिए । त्यो बेला उनको उमेर २१ वर्षको थियो । उनले स्वीकारोक्तिमा बालकको तातो रगत पिएको स्वीकारेका थिए । राक्षसले आफूलाई सो कार्यका लागि उक्साएको पनि उनले बताएका थिए।
Nagrakmews baat
No comments:
Post a Comment