Tuesday, 12 April 2016

रौतहटबाट काठमाडौं आएका महतोको अचानक मृत्यु, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं, ३० चैत । रौतहटबाट काठमाडौं आएका एक पुरुषको अचानक मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–७ गणेशस्थानस्थित महेश्वर नेप्छोको घर भत्काउने क्रममा पिलरले च्यापिएर रौतहटका ३० वर्षीय मोहन महत्तोको मृत्यु भएको हो ।
च्यापिएर गम्भीर घाइते भएका महतोको उपचारको लागि चाबहिलस्थित हेल्पिङ हेण्ड अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यो घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।दैनिक  नेपाल  बात

No comments:

Post a Comment