Saturday, 16 April 2016

मोटरसाइकल चलाउनेका लागि आयो सामसुङको ग्यालेक्सी जे३

‘एस बाईक मोड’को मुख्य विशेषतामा सामसुङ ग्यालेक्सी जे ३ मोबाइल लञ्च गरिएको छ। दुई पांग्रे सवारी चालकलाई लक्षित गरेर यो मोबाईल ल्याइएको सामसुङ नेपालले जनाएको छ।

मोटरसाइकल चलाइरहेका बेला फोन आएमा यो मोबाईलमा कल गर्ने व्यक्तिलाई मोटरसाइकल चलाइरहेको जानकारी दिँदै ‘अटोमेटिक म्यासेज सेण्ड’ हुन्छ। त्यसैगरी इमेर्जेन्सी कल आएमा भने उसले १ डायल गरी कुराकानी गर्न सक्नेछ।
सामसुङ नेपालका एचएचपी डिभिजन प्रमुख प्रनयरत्न स्थापित भन्छन् ‘सामसुङले बाईक चलाउनेलाई लक्षित गरेर ल्याएको यो योजनाले लाखौंलाई सुरक्षित लाभ मिल्ने छ।’

एस बाईक मोडलाई एक्टिभ वा डिएक्टिभ गरेपछि आएका फोनहरुमा अटोमेटिक सूचना जानेछ।
यस फोनमा ५ इन्च सुपर एमोलेड डिस्प्ले छ। जसले ७२०×१२८० पीक्सेल रिजेलुशन दिन्छ। फोनमा १. २ जीएचजेड क्वाडकोर प्रोसेसर छ। १. ५ जीबी र्याम भएको यस फोनमा ८ जीबी इन्टरनल मेमोरी छ।
जसलाई मेमोरी कार्डका मद्दतले १२८ जीबीसम्म बढाउन सकिन्छ। फोटोका लागि फोनमा अगाडि ५ र पछाडि ८ मेगापीक्सेलको क्यामरा दिइएको छ। पावरका लागि २६०० एमएएचको ब्याट्री छ भने थ्रीजी, वाईफाई, ब्लुटुथ, जीपीएस जस्ता अन्य फिचर पनि छन्। ग्यालेक्सी जे ३ को मूल्य १६ हजार ९ सय ९० रुपैयाँ रहेको छ।
प्रतिकृया दिनुहोस
थप समाचार

यस्ता छन् २०७२ सालका चर्चित सामसुङ स्मार्टफोन
नेपाली बजारमा वर्षेनी विभिन्न ब्राण्डका स्मार्टफोन भित्रिने गर्दछ। स्थापित ब्राण्डहरुले पनि विभिन्न मोडलमा मोबाइल फोन भित्र्याउने गर्छन्। भित्रिएका मोडलमा पनि केही मोडलका फोन निकै चर्चा बटुल्न सफल हुन्छन्। सामसुङ एक स्थापित ब्राण्ड भएका कारण धेरै उपभोक्ताको रोजाईमा पर्न सफल भएको व्यापारी बताउँछन्। यस वर्ष बजारमा आएका फोनमा विभिन्न मन लोभ्याउने फिचरका साथै दैनिक रुपमा उपयोगी फिचर पनि छन्। ति विशेषताकै कारण प्रयोगकर्ताको मन आफूतिर तान्न सामसुङका स्मार्टफोन सफल भए।
जलाशययुक्त आयोजना सरकारको प्रमुख प्राथमिकतामा

कुल उत्पादनको ५० प्रतिशत जलाशययुक्त आयोजनाबाट परिपूर्ति गर्ने र बाँकी नदी प्रवाहमा आधारित आयोजना तथा नवीकरणीय ऊर्जाबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माण सुरु गर्ने र नलसिंहगाड आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारी अगाडि बढाउने लक्ष्य राखेको छ।
प्राइम स्टोरले ल्यायो नयाँ वर्ष उपहार योजना, हरेक सामानमा अार्कषक छुट
ललितपुर, पुल्चोकको दमकल चोकस्थित प्राइम स्टोरले नयाँ वर्ष २०७३ को अवसर पारेर आकर्षक छुट तथा उपहार योजना ल्याएको छ।

ग्राहकलाई मोबाइल र एसेसरिज खरिदमा नयाँ अनुभूति दिलाउन यो योजना ल्याएको स्टोर सञ्चालक सागर गौतमले बताए। योजना अन्तर्गत ग्राहकले मोबाइल सेटको खरिदमा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नुका साथै कभर, ब्याट्री, प्रोटेक्सन ग्लास, स्टिकर, चार्जर, हेडफोन जस्ता एसेसरिजमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै हरेक मोबाइल सेट खरिदमा ८ जिबीको मेमोरी कार्ड पनि सित्तैमा प्राप्त गर्न सकिनेछ। यो योजना वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ।

एक हजार बढी मेगावाट विद्युत् माग
वार्षिक करिब १२ प्रतिशतको दरमा विद्युत्को माग बढ्ने अनुमानका आधारमा सो परिमाणको विद्युत् माग हुने जनाइएको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल दैनिक एक हजार ३२५ अधिकतम विद्युत्को माग रहँदै आएको छ। त्यसमा हाल ५६० मेगावाट मात्रै आपूर्ति भइरहेको छ। भारतबाट ३१५ मेगावाट विद्युत् आइरहेको छ। नदीमा जलस्तर घटेको र आयोजनाको उत्पादन समेत कटौती भएकाले हाल आन्तरिक उत्पादन २४५ मेगावाट मात्रै छ।

४ जीबी र्याम भएको क्यानभास सिक्स प्रो
स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले दुईवटा नयाँ स्मार्टफोन क्यानभास सिक्स र क्यानभास सिक्स प्रो सार्वजनिक गरेको छ। क्यानभास सिक्स प्रोमा ५.५ इन्च एचडी डिस्प्ले, २ जीएचजेड ओक्टाकोर मिडियाटेक हेलियो प्रोसेसर, ४ जीबी र्याम, १६ जीबी इन्टरनल मेमोरी छ।

किनमेल अनुभव
जापानमा नुन र चिनी किनमेलमा समस्या
नेपालबाट जापानमा भर्खर आएका नेपालीहरुलाई नुन र चिनी छुट्याउन नसक्दा कहिलेकाहीँ समस्या पर्ने गरेको छ। हेर्दा उस्तै देखिने हुँदा धेरैजना नुनलाई चिनी र चिनीलाई नुन ठानेर झुक्किरहेका हुन्छन्। जापानीज अक्षरमा नाम लेखिएको त हुन्छ तर, जापनिज भाषा नजान्दा तरकारीमा चिनी हालेर खानुपर्ने अवस्था हुन्छ। तीन वर्ष अघि यहाँ आएका राजिव हमाल सुरुका दिनमा यस्ता समस्याहरु धेरैपटक दोहोरिएको बताए।
सुमन जंग, जापान

जापान आउनेले यही आएर किनमेल गरौँ
पाँच सयदेखि दुई हजार रुपैयाँमा ‘सेकेन्ड हेन्ड सप’बाट कपडाहरु किन्न सक्नुहुन्छ। पाईन्ट, टिसर्ट, सर्ट, जुत्ता, ज्याकेट, झोला जे चाहिन्छ सबै पाईन्छ । कोट पाईन्ट पनि नेपालमा भन्दा सस्तोमै पाउन सकिन्छ । अब भन्नुहोस् सबै यही सस्तोमा पाइने भएपछि झन्झट र ऋणमात्र किन बढाउने? बरु भान्छामा चाहिने मसलाहरु अलिक बढी लिएर आउँदा हुन्छ। जस्तो जिरा, धनियाँ, मिट मसला, तरकारी मसला, बेसार, खुर्सानी आदि। तर नुन, चिनी लिएर आउनु पर्दैन ।

सुमन जंग, जापान
कालोबजारीमा ४ सिलिण्डर ग्यास किनेँ, ब्यापारीले अझै दिँदैनन्
नाकाबन्दी खुलेपछि पनि हामी सर्वसाधारण मारमा परिरहेका छौँ। कालोबजारी मौलाएको छ। सामानको मूल्य आकासिएको छ। ग्यास पाइँदैन, पेट्रोल पनि सहज रुपले पाइँदैन। हरेक कुराको भाउ बढेको बढ्यै छ। मेरो घरमा ७ वटा ग्यासका सिलिण्डर भईसके। नाकाबन्दी हुनुभन्दा १५ दिन अगाडि कुमारीपाटीमा रहेको लोकप्रिय, भानु र एसटिसी ग्यास बिक्रेताबाट एउटा ग्यास ल्याएको थिएँ।

झनक कार्की, कुमारीपाटी, ललितपुर
'बार्गेनिङ' नगरेको भए ठगिने रहेछु
छुट्टीको दिन म किनमेलको शिलसिलाम मेरो गाउँ मेदक जिल्लाको डौल्टाबादबाट नजिकै रहेको शहर नर्सापुर भन्ने ठाउँमा पुगेँ। हुन त यहाँको विशेषता किनमेल गर्न नजान्ने मान्छेलाई ठगिन्छ। त्यो भन्दा पनि ठूलो कुरा नेपाली भन्ने थाहा भएपछि त झन् धेरै मूल्यमा ठगिइन्छ।

ध्रुब चौलागाईैँ, हाल- तेलङ्गाना, भारत
राजमार्गका होटलमा सधैँ खुलेआम लुट
राजमार्गमा हुने लुटका घटनाहरु त दैनिक आवतजावत गर्ने आम सर्वसाधारणका लागि अत्यन्त साधारण भइसके। एकातिर तोकिएको मुल्य भन्दा बढी पैसा तिर्नु त छदैँछ अर्कोतिर होटलहरुमा पनि अत्यन्त गुणस्तरहीन खाजा नास्ता खुवाउनु र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुनु सामान्य मानिन्छ । चालकले प्रायः विकल्प नै नभएको ठाउँमा रोक्नाले त्यहाँ जुन होटल छ त्यसमै जान बाध्य हुनुपर्छ। अनि सुरु हुन्छ लुट।

बिजय रम्तेल / गोदक – ५, ईलाम
किन पाइदैँन बजारमा ग्यास ?
नाकाबन्दी खुलेको झन्डै डेढ महिना बित्दा पनि बजारमा ग्यास पाईदैन। उपभोक्ताले ग्यासमा अहिले पनि चर्काे मूल्य तिर्न बाध्य भएका छन्। के कति ग्यास आएको छ र त्यसको वितरण कसरी भइरहेको छ भन्ने बारेमा सरकारले कुनै सोध खोज गरेको छैन।

प्रकाश पोखरेल/बानेश्वर,काठमाडौ
पढ्ने कि ग्यास खोजेर हिँड्ने?
पसलमा जहिले पनि ग्यास आएकै छैन भन्छन्, आएपनि तपाइँको पालो आएको छैन भन्छन्। कहिले पाउने हो हामीले ग्यास? हामी विद्यार्थीहरु पढ्न यहाँ आएका छौँ। सधैँ बाहिर खान पनि साध्य छैन। ग्यास पाइदैँन। परीक्षा आउँदैछ, अब हामी बसेर पढ्ने कि ग्यासको तनाव लिएर खोज्न हिँड्ने?

सिमा सेढाइ, काठमाडाैँ
बल्ल लाइन नबसी पेट्रोल हाल्न पाइयो
शुक्रबारदेखि राजधानीमा पेट्रोल पम्पहरुमा सहज देखिएको छ । बढीमा आधा घन्टा पनि लाइनमा नबसी तेल हाल्न पाइएको छ। भारतीय नाकाबन्दीपछि असहज भएको पेट्रोलियम पदार्थ सहज बन्दा निकै खुसी लाग्यो । कालोबजारीमा तेल किन्नुपर्ने बाध्यता पनि हट्यो

No comments:

Post a Comment