Tuesday, 5 April 2016

कृषक मोबाइल कल सेन्टर सेवा सुरु

वीरगन्ज, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवासम्बन्धी सहज जानकारी दिन ‘कृषक मोबाइल कल सेन्टर सेवा’ सुरु गरेको छ ।

कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसमअनुसारको कुन बाली कहिले र कसरी लगाउने तरिका, कृषि सूचना तथा प्राविधिकलगायतका कृषिसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउने उद्देश्यले उक्त सेन्टर स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत जीतेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

कृषि सचिव उत्तमकुमार भट्टराईले जिल्लाको कलैयामा मोबाइलको एप्स क्लिक गरी उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
   etaja khabar baat

No comments:

Post a Comment