Friday, 8 April 2016

बुवाले कान्छी भित्र्याउँदा छोराले पनि छाडेनन्

एजेन्सी । मध्य प्रदेशको शाहडोलमा पिताले दोस्रो गर्दा तनाव भएपछि दुई छोराले कुटी–कुटी आफ्नै पिताको ज्यान लिएका छन् ।
होलीको मौकामा ४७ वर्षीय जोहर बैगाले विहीबार दोस्रो विहे गरेर आफ्नी नयाँ श्रीमतीसँग घर फर्किएका थिए । घर पुगेपछि उनका छोरा लाछू बैगा र सोनू बैगाले उनको रामधुलाई गरे ।

समाचार अनुसार छोराको कुटाईबाट गम्भीर घाइते जोहरले नयाँ श्रीमतीसँग हनिमुन नै मनाउन नपाई अस्पतालको बेडमा संसारबाटै बिदा लिए । पुलिसले जोहरका दुबै छोरालाई गिरफ्तार गरेको छ ।

No comments:

Post a Comment