काठमाडौं । चर्चित नायिका विपना थापाले आफूले नेपाली केटासँगै विवाह गर्न चाहेको भएपनि त्यसो हुन नसकेको खुलासा गरेकीछिन् ।रिपोर्टर्स नेपाल डटकमका लागि सम्पादक ऋषि धमलासँगको कुराकानीमा नायिका थापाले भनिन्‘‘ विदेशी केटासँग विवाह गर्ने मन थिएन,
नेपालीले नपत्याएपछि के गर्ने?’’ भारतीय उद्योगपति एवम् कँग्रेस–आईका नेता डा. आशुतोष भारद्धाजसँग प्रेम विवाह गरेकी नायिका थापाले आफूलाई नेपाली केटाहरुले विवाहको प्रस्ताव नै नगरेकोले विदेशी केटासँग विवाह गर्नुपरेको खुलासा गरेकी हुन् ।
उनले भनिन्,‘म त नेपाली केटासँगै घरजम गर्न चाहान्थें, तर कसैले पनि मलाई विवाहको लागि प्रस्ताव नै गर्नुभएन ।’ बलिउडमा अभिनय गर्ने आफ्नो चाहना भएपनि चलचत्रिको लागि बलिउडबाट उपयुक्त प्रस्ताव नै नआएको समेत जानकारी दिईन् । बरु उनलाई अब फेरि छिट्टै नेपाली चलचित्रमा देखिन मन लागेको छ ।
आफ्नो मातृभूमिको असाध्यै माया लाग्ने बताउने नायिका थापाको पति भारद्धाजले पनि नेपाललाई उतिकै माया गर्ने उनको दाबी छ । उनले थपिन्,‘म मात्रै होईन, मेरो हस्बेण्डले पनि नेपाललाई असाध्यै माया गर्नुहुन्छ, हामी बारम्बार नेपाल आउँछौं, उहाँ एकदमै सहहृदयको हुनुहुन्छ ।
’ प्रेममा आफूलाई अत्यन्तै विश्वास लाग्ने भएर नै भारद्धाजसँग प्रेम विवाह गरेको उनको भनाई छ । आशुतोषसँग प्रेम विवाह गरेर आफूले कुनै गल्ती नगरेको समेत उनले बताईन् । उनले भनिन्,‘भारतसँग नेपालको रोजि र बेटीको सम्बन्ध छ ।’
उसो त उनले आफ्ना पति अब छिट्टै भारतको लोकसभाको चुनावमा समेत भाग लिने जानकारी दिईन् । थापाले भनिन्,‘आशुतोषजी गुहावटीबाट कँग्रेस–आईको प्रतिनिधित्व गर्नुहुन्छ, अब उहाँ लोकसभाको चुनावमा भाग लिँदैहुनुुहुन्छ ।
’ त्यतिमात्रै होईन, नायिका थापाले आफ्नो पतिको भारतीय काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीसँगपनि निकै राम्रो सम्बन्ध भएको बताईन् । संयोग के भने, उनी आँफैपनि नेपाली काँग्रेसमा विश्वास गर्छिन् । नायिका थापाले आफ्नो रगतमा नै काँग्रेस रहेको बताईन् । राजनीतिमा आफूलाई गहिरो रुचि भएको बताउने थापा आफू भने तत्काल राजनीतिमा आईहाल्ने सम्भावना भने नरहेको धारणा राख्छिन् । (हाम्रो सन्देशबाट साभार )
No comments:
Post a Comment