२६ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले साहित्यले समाजलाई परिवर्तन र आधुनिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । प्रगतिशिल लेखक संघ केन्द्रिय समितीको दशौं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सृजनाका लागि मात्र साहित्य नभइ समाज परिवर्तनका लागि साहित्यलाई उपयोग गर्नुपर्ने बताएका हुन् ।
‘कुनै पनि सृजना बिचारबाट निर्देशित हुनुपर्छ’ उनले भने, ‘नेपालका जुनसुकै राजनीतिक परिवर्तनका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको छ । लीपी नभएका बेला पनि श्रुती साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री ओलीले त्यही श्रुती साहित्य स्थानान्तरण भएर आंउदा हाम्रा लोककथा, गीतहरु बनेको बताए ।
चिन्त बिनाको साहित्यले कुनै सन्देश प्रवाह नगर्ने बताउंदै उनले भने,‘चिन्तन र साधना बिनाको साहित्यले सन्देश प्रवाह गर्न सक्दैन, हाम्रा पुर्खाहरुले कठोर साधना गरेर महाभारत रचना गरे । हामीलाई साधना गर्ने बानी हटेर हाइकुमा आइपुग्यौं ।’
ओलीको यो भाषणमा सम्मेलनस्थलमा उपस्थित मानिसहरु गलल हाँसेका थिए
No comments:
Post a Comment