Saturday, 16 April 2016

यसरी उत्पती भयो पाथिभरा देविको

पाँचथर, ४ बैशाख । धार्मिक तथा पर्यटकिय स्थल पाथिभराको उत्पतीको कथालाई आधारीत नाटक फिदिममा मञ्चन भईरहेको छ ।

चेतना नाट्य समुह इलामले फिदिममा पाथीभराको ‘उत्पती’ शिर्षकको नाटक प्रर्दशन गरेको हो । पाथिभरा देविको ऐतिहासिक कथाका आधारमा नाटक तयार गरीएको छ ।

डा. देवि क्षेत्री दुलालको लेखन तथा शुरेश पोर्तेलका् निर्देशनमा नाटक तयार पारिएको हो । नाटकमा लेकाली ठाँउमा पाथिभरा देखि कसरी उत्पती भईन भन्ने किङवदन्तिलाई उतार्ने प्रयास भएको छ ।

नाटकमा नविना लुईटेल, गिता फागो, याम आचार्य, प्रमिला कार्की, सुस्मिता कटुवाल, सृजना राई, शन्देश थुलुङ लगायतका कलाकारले अभियन रहेको छ । लेकाली क्षेत्रमा गोठ पाल्ने र गाई वस्तु जंगलमा चराउने चलन थियो । चरनमा गएका गाई वस्तु हराएपछि गोठालाहरुले खोजीगर्दा भेटेन्न ।

शुक्रवार र शनिवार दिनभर फिदिममा नाटक प्रर्दशन गर्ने आयोजनकले जनाएको छ । फिदिम पछि ताप्लेजुङ र दार्जेलीङमा नाटक प्रर्दशन गर्ने तयारी भएको दुलाले बताए ।

No comments:

Post a Comment