काठमाडौं, २८ चैत । हिन्दकुशलाई केन्द्र बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यकासहित दक्षिण एसिया नै हल्लिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ४ बजेर १६ मिनेटमा गएको भूकम्पको धक्का नेपालका साथै अफगानिस्तान, पाकिस्तान, भारतको उत्तरी भागमा पनि महसुस भएको छ ।
शक्तिशाली भूकम्पका कारण नेपालको मध्येक्षेत्रसम्म धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
dainiknepal
No comments:
Post a Comment