फिल्मीबजार,२ बैशाख २०७३,काठमाण्डौ ।
बर्ष २०७२ को उत्कृष्ट पाँच अभिनेत्रीका लागि निकै प्रतिष्प्रर्धा देखियो । फिल्मको सफलता र फेसबुकमा गरिएको रिसर्चका आधारमा २०७२ को उत्कृष्ट पाँच अभिनेत्रीको पहिलो स्थानमा अभिनेत्री प्रियंका कार्की रहेकी छिन् ।
प्रियंका अभिनित ७२ मा प्रदर्शनमा आएका तीन चलचित्र वडा नम्बर ६,फन्को र क्लासिक संगै लुटेरामा समेत आईटम नृत्य गरेकी थिईन् । फेसबुकमा उनलाई सर्बाधिक मत दिईएको छ । यस्तै बर्षको उत्कृष्ट पाँच अभिनेत्रीको दोस्रो स्थानमा भने नम्रता श्रेष्ठ परेकी छिन् ।
नम्रतालाई पनि फेसबुकमा सर्बाधिक भोट प्राप्त भएको छ । उनी चलचित्र क्लासिकमा मुख्य भुमिकामा काम गरेकी थिईन् । साथै चलचित्र अर्धकट्टीमा समेत आईटम नृत्य गरेकी थिईन् । क्लासिकले लगानी सुरक्षित गर्न सफल भएको र उनलाई प्राप्त मतका आधारमा ७२ को उत्कृष्ट अभिनेत्रीको दोस्रो स्थानमा प्रियंका पर्न सफल भएकी हुन् ।
यस्तै बर्ष २०७२ को उत्कृष्ट पाँच अभिनेत्रीको तेस्रो स्थानमा केकी अधिकारी परेकी छिन् । उनले अभिनय गरेका तीन चलचित्र बागमती,फन्को र भाग सानी भाग प्रदर्शनमा आए । तर बागमती बाट केकीले आलोचना समेत सहन परेको थियो । अन्य दुई फिल्म ब्यापारिक रुपमा असफल रहे पनि उनको ब्यस्ततामा कमी आएन । यस्तै केकीको क्रेज,फ्यान,फ्लोअर्सका हिसाबले तेस्रो स्थानमा रहेकी छिन् ।
यस्तै चौथो स्थानमा अभिनेत्री निशा अधिकारी परेकी छिन् । उनी अभिनित लुटेराले जिनतिन लगानी जोगाउने कोसिस गरेको थियो । सामाजिक संजालमा प्राप्त मत फिल्मको क्रेज र उनको ब्यक्तिगत क्रेजका कारण यो बर्षको उत्कृष्ट पाँच अभिनेत्रीको चौथो स्थानमा आएकी हुन् । गत बर्षको तुलनामा उनको क्रेज धेरै नै घटेको पाईयो ।
बर्ष २०७२ को उत्कृष्ट पाँच अभिनेत्रीको पाँचौ स्थानमा ऋचा शर्मा परेकी छिन् । उनी अभिनित चलचित्र ‘को आफ्नो’ मात्रै यस बर्ष रिलिजमा आएको थियो । उत्कृष्ट पाँच अभिनेत्रीका लागि रेखा थापा र शिल्पा पोख्रेललाई पनि राखिएको थियो तर यि दुई अभिनेत्रीलाई फेसबुकमा संतोषजनक मत प्राप्त हुन सकेन । यि दुई अभिनित प्रदर्शनमा आएका चलचित्र झुर भएकाले नै फेसबुक प्रयोगकर्ताले मत दिएनन् ।
Thursday, 14 April 2016
यि हुन् २०७२ का उत्कृष्ट पाँच अभिनेत्री
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment