गर्मी लागेसँगै अब पुदिनाको सिजन हो । यसलाई अचारको रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिको रूपमा पनि प्रयोग हुन्छ । जसरी प्रयोग गरे तापनि यसले शरीरलाई फाइदा नै गर्छ । विशेषगरी, खाना पचाउन या रुचाउन यसले मद्दत गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा अचारका लागि रोपिनेदेखि लिएर ठूला औषधि कम्पनीहरूले धेरै जमिनमा समेत रोपेको पाइन्छ ।
आयुर्वेदमा यसलाई तुलसी वर्गमा राखिन्छ । यसको वैज्ञानिक नाम मोनछा स्पाइसिटा हो भने बोटचाहिँ छुपा जातिमा गनिन्छ । यसलाई एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक–पटक यसको पात टिपेर प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको पात नै धेरै प्रयोग गर्ने गरिन्छ ।
रासायनिक संगठन
पुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेड, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ । यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ ।
दुखाइ कम गर्छ, गन्ध हटाउाछ
यसलाई आयुर्वेदिक भाषामा उष्ण विधिको हुने जडीबुटीमा लिइन्छ । त्यसैले कफबाट हुने एलर्जीलाई हटाउन यसको प्रयोग गरिन्छ । त्यसैगरी, यसमा परपराउने गुण भएकाले दुखाइ कम गर्ने गुण पनि रहेको हुन्छ ।
मुख तथा शरीरमा दुर्गन्ध आएको छ भने यसको कोरस ९झोल बनाएर० छर्कंदा त्यो गन्ध हटेर जान्छ ।
साथै, यसले अन्नबालीमा एन्टिसेफ्टीको पनि काम गर्छ । जसलाई अन्नबाली राखेको ठाउँमा छर्कंदा घुन, पुत्ला लाग्दैन ।
प्रमुख काम
यसले रोचन पाचन ९खाना रुचिकर बनाउने०को काम गर्दछ भने दीपन पाचन ९पाचन गर्नका लागि चाहिने ताप० उत्पन्न गराई पचाउन पनि सहज बनाइदिन्छ । कसैकसैलाई खाना खानसाथ वाकवाकी लाग्ने सामस्या छ भने यो सेवन गर्दा त्यस्तो समस्या हटेर जान्छ ।
प्रयोग
आर्युवेदिक चिजमा पुदिनाको पातमा रहेको तेल प्रयोग गरी स्वादिस्ट
बनाइएको हुन्छ ।
यसको रसलाई निचोरेर सीधै प्रयोग गर्न पनि सकिन्छ ।
पुदिनालाई पकाएर वा नपकाई निचोरेर त्यसको रस राखेर प्रयोग गर्न सकिन्छ । यस्तो रस पेट दुखाइको समस्या हँुदा सेवन गर्नु राम्रो हुन्छ । यो अचार र औषधि दुवै रूपमा प्रयोग गरिने हुँदा यो यति नै खाने भन्ने हुँदैन । आवश्यकता र उपलब्धताअनुसार प्रयोग गर्न सकिन्छ
No comments:
Post a Comment