Friday, 15 April 2016

मोबाइलमा राखिएको पासवर्ड बिर्सेर मोबाइल लक भयो? अब यसरी खोल्नुहोस्

काठमाडौ: मोबाइलमा राखिएको लकको पासवर्ड बिर्सेर हैरान बन्नु भएको छ? र लक खोल्न सर्भिस सेन्टर धाइरहनु पर्ने झन्झट बेहोर्नु भएको छ? आउनुस् हामी त्यस्तो समस्या तपाई आफैले निराकरण गर्न सक्ने उपायहरु बताउछौ। स्मार्टफोनमा लक भयो र पासवर्ट बिर्सनु भयो भने अब निम्न तरिकाले लक भएको मोबाइल खोल्नु होस्।
1. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।
2. त्यसपछि तस्बिर देखाइएको जसरी आफ्नो मोबाइलको भोल्युम बटम, होम स्क्रिन बटम र पावर बटम एकै पटक दबाउनुस्।
3. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँवटा अप्सन देखिनेछन् ।
रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down)
एड्भान्स अप्सन(Advance Options)
अब तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।
4. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँछ।जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको तस्बिर, डाटा र सामाग्रीहरु सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ।
5. यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई स्विचअन गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।
-एजेन्सीको सहयोगमा

No comments:

Post a Comment