Thursday, 7 April 2016

कुमारित्व फर्काउने यो अनौठो क्रिम

नयाँ दिल्ली, भदौ १२ । एक भारतीय कम्पनीले योनीको खुकुलोपन समाप्त गर्ने विशेष प्रकारको क्रिम उत्पादन गरिएको दाबी गरेको छ । ‘१८ अगेन’ नाम दिइएको सो क्रिमको विज्ञापनमा भनिएअनुसार यसको प्रयोगबाट महिलाले कौमार्यको अनुभूति पुनः प्राप्त गर्न सक्छिन् ।

कम्पनीका अनुसार यसको प्रयोगबाट महिला सशक्तिकरणमा मद्दत पुग्नेछ । तर आलोचकहरुका अनुसार यसले महिला सशक्तिकरणमा उल्टै क्षति पुग्छ । यस क्रिमको विज्ञापनमा साडी लगाएकी एक महिला नाचगान गरिरहेको देखिन्छ ।

बलिउड स्टाइलको विज्ञापनमा ती महिलाले प्रख्यात पप गायिका म्याडोनाको चर्चित गीत ‘लाइक अ भर्जिन’ गाइरहेकी देखाइएको छ । घरमै यसरी नाचेको देखेर सासु–ससुरा तीन छक परेकै अवस्थामा ती महिलाका पति पनि नाचमा साथ दिन आइपुगेको दृष्य विज्ञापनमा देखाइएको छ । कम्पनीका अनुसार यो क्रिमको मुल्य करिब अढाइ हजार भारु रहेको छ । (एजेन्सी)

No comments:

Post a Comment