Saturday, 16 April 2016

जापानको दक्षिणी क्षेत्रमा ७ दशमलव ३ रेक्टरको अर्को शक्तिशाली भूकम्प

जापानको जापानमा गएको ७ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परी सयौँ मानिसहरु घाइते भएका छन् ।

गएराति जापानको दक्षिणी क्षेत्र कुमामाटोलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । भूकम्पले ध्वस्त बनाएको एक घवनमा करिब ८० जना फसेका छन् । उनीहरु जिवित हुन सक्ने सम्भावना भने कम रहेको र राहत तथा उद्धारकर्मीहरुले भवनभित्र फसेका मानिसहरुको खोजी गरिरहेका छन् ।


शक्तिशाली भूकम्प गएको केहीबेरमा दोस्रो ठूलो भूकम्पको धक्का पनि महसुस भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। जापानका भूगर्भ वैज्ञानिकका अनुसार भूकम्पको कम्पन सन् २०११ म आएको जस्तो महसुस भएको थिया सन् २०११ म भूकम्पपछि सुनामी आएको थियो । भूकम्पको सवैभन्दा धेरै प्रभाव दक्षिण पश्चिमी शहर माशिकीमा महसुस भएको जनाइएको छ। भूकम्पका कारण त्यस क्षेत्रमा कयौं घरमा नोक्सानी पुगेको छ ।


भूकम्पपछि सुनामी आउने सक्ने चेतावनी दिइएको छ ।
यसअघि बिहीवार राति गएको भूकम्पमा परी ९ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।

No comments:

Post a Comment