सल्यानको छायाक्षेत्रमा आज दुई बालबालिकासहित एकै घरका चार जनाको हत्या भएको छ । बिहान हत्या गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सल्यान छायाक्षेत्र–९ रानागाउँकी २२ वर्षकी सीता खान, सीताका छोरीहरु साढे दुई वर्षकी पवित्रा तथा डेढ वर्षकी सविताको हत्या भएको अवस्थामा यस्तै मार्के घर भएकी सीताकी बहिनी १८ वर्षकी पवित्रा गिरीको पनि हत्या भएको प्रहरीले जनाएको हो ।
उनीहरु सबैको घरमै हत्या भएको सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । हत्याको कारण खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
उनीहरुको बलात्कारपछि मंगलबार रातिमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा अहिले डिएसपी खत्रीसहितको टोली पुगेको छ । सीताका श्रीमान रमेश खान मजदुरीका लागी अहिले भारतमा छन् ।nepal24 news
Wednesday, 27 April 2016
एकै घरका चार जनाको हत्या,बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment