काठमाडौं, १४ वैशाख - नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाउने भएको छ।
एक दुई दिनपछि औपचारिक रुपमा सूचना निकालेर लोडसेडिङ घटाउने तयारी भएको प्राधिरकरणका प्रवक्ता मुकुन्द काफ्लेले बताए।
उनका अनुसार अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब एक दुई घण्टा घटाउने तयारी भएको हो। यो महिनाको पहिलो हप्तामै लोडसेडिङ घटाउने तयारी भए पनि गर्मी र सुख्खाका कारण तराईका जिल्लामा विद्युत वितरण बढाउनु परेकाले ढिलाई भएको उनको भनाई छ।
जनकपुर भैरहवा, नेपालगन्जलगायत तराईका क्षेत्रमा गर्मी बढेकाले पंखा चालउन प्राधिकरणले त्यहाँ बिजुलीको वितरण बढाएको हो। अहिले तराईका जिल्लामा दैनिक ७/८ घण्टा मात्रै लोडसेडिङ हुने गरेको काफ्लेले बताए।
- DCnepal
No comments:
Post a Comment