एजेन्सी । विश्वमा देह व्यापारले ठुलो अर्थतन्त्र बोकेको छ । विश्वमा यस्ता देश छन् जसले देह व्यापारलाई आफ्नो देशको अर्थतन्त्रको बलियो आधार र अस्त्र पनि बनाएका छन् । हैवोरस्कोप रिर्सच इन्स्टिच्युटले विश्वको विभिन्न देशमा हुने देह व्यपारको अर्थको आँकडा निकालेको छ । यो रिर्पोट अनुसार कानुनी मान्यता प्राप्त देश देखि कानुनले कडा प्रतिबन्ध गरेको देशमा पनि देह व्यापार निकै फस्टाएको देखाएको छ । कुन देशमा देहव्यापारको अवस्था कस्तो छ? आउनुहोस जानौ ।
१२ ) इन्डोनेशिया (३.६ अरब डलर) : इन्डोनेशियामा देह व्यपार गैर कानुनी हो । त्यहाँ यसलाई नैतिक अपराध मानिन्छ । तर पनि मुस्लिम बाहुल्यता भएको इन्डोनेशियामा देह व्यापारको जालो निकै फैलिएको छ । युनिसेफका अनुसार इन्डोनेशियामा देह व्यापारमा संलग्न ३० प्रतिशत युवती नाबालिग छन् ।
११) स्वीजरल्यान्ड (५.६ अरब डलर) : स्वीजरल्यान्डमा देह व्यापारको अड्डालाइए सेक्स रुम भनिन्छ । यसलाई सरकारको तर्फबाट आर्थिक सहयोग पनि प्राप्त हुन्छ । यो शहरको केन्द्रबाट बाहिर हुन्छ । त्यहाँ नुहाउने व्यवस्था, लकर, टेबुल र कपडा धुने मेसिन पनि हुन्छ । ज्युरिख शहरले त देह व्यापारको अड्डालाई शहरबाट टाढा बनाउन ४२ लाख डलर पनि दिएको थियो ।
१०) टर्की (६.४ अरब डलर) : टर्कीमा देह व्यपारले कानुनी मान्यता प्राप्त गरेको छ तर देह व्यपारलाई बढावा दिन प्रतिबन्धित छ । टर्कीमा देह व्यपार गर्न विदेशीलाई छुट छैन । तर पनि टर्की देह व्यापारमा १० औं स्थानमा छ ।
९) फिलिपिन्स (९.६ अरब डलर) : फिलिपिन्समा देह व्यापार गैरकानुनी हो । तर यो देश सेक्स टुरिजमको लागि विश्वभर बद्नाम छ । गरिबि र इन्टरनेटमा सहज पहुँचले यो देहलाई सेक्स टुरिजमको लागि सजिलो बनाइदिएको छ । बच्चा र नाबालिक पनि यसको सिकार बन्छन् ।
८)थाइल्यान्ड (१०.२४ अरब डलर) : यो देश पनि सेक्स टुरिजमको लागि चर्चित छ । यहाँ देह व्यापारले कानुनी मान्यता पाएको छ । तर निश्चित ठाउँमा मात्र यो व्यापारले अनुमति पाएको छ । स्थानीय अधिकारी कहिलेकाहीँ यौनकर्मीको रक्षा पनि गर्छन् । भियतनाम युद्धपनि थाइल्यान्ड सेक्स टुरिजमको लागि चर्चित भएके हो ।
७) भारत (१३.४४ अरब डलर) : विश्वको दोस्रो धेरै जनसंख्या भएको देशमा देह व्यापारको कानुन मिश्रीत छ । पैशाको लागि सेक्स गर्नु कानुनी छ तर होेटल, अड्डा चलाउनु र यसलाई बढावा दिनु गैरकानुनी हो । तर निजी घरमा बालिगसंग आपसि सम्बन्धमा सेक्स गर्नु कानुन सम्वत हुन्छ ।
६) दक्षिण कोरिया (१९.२ अरब डलर) : दक्षिण कोरियामा देह व्यापार गैर कानुनी छ तर यो देशमा देह व्यापारको कारोबार २० देखि २२ अरब डलरसम्म हुने गरेको छ । यो जीडिपीको २.५६ प्रतिशत हो । रिर्पोटको अनुसार दक्षिण कोरियाको २० देखि ६४ वर्षका पुरुष महिनामा औसत ९२८ डलर देह व्यपारमा खर्च गर्छन् ।
५) अमेरीका (अमेरीकामा २३.६ अरब डलर): अमेरीकामा देह व्यापार कानुनी मानिन्छ । तर नेवाडा राज्यको केही क्षेत्रमा यो गैर कानुनी छ । देह व्यपारको लागि आधिकारीक आवेदन भर्न सकिन्छ । यो कारोबारसंग जोडिएका मानिस ट्याक्स, यौनकर्मीको सुरक्षा , न्युनतम ज्याला, बीमा र मेडिकल जाँच जस्ता नियम पालना गर्नुपर्छ ।
४) जर्मनी (२८.८ अरब डलर) : जर्मनमा ४० हजार यौनकर्मी रहेको अनुमान गरिएको छ । सेक्स व्यापार कानुनी छ तर सामाजिक र अधिकारसंग सम्वन्धित नियम धेरै छन् । यौनकर्मीलाई अन्य पेशा जस्तै सामाजिक सुरक्षा प्राप्त हुन्छ । यहाँ देह व्यापारको लागि मजबुर गर्ने वा फाइदा उठाउन भने अपराध मानिन्छ ।
३)जापान (३८.४ अरब डलर ): जापानमा देह व्यापारको सुरुवात १९५६ मा एंटी प्रोस्टिट्युशन कानुनको अनुसार कोही व्यक्ति यौनकर्मी बन्दैनन र कोही ग्राहक पनि बन्दैनन भन्ने कानुनलाई टेकेर देह व्यपार सुरु भएको थियो । यो उधोग आफुलाई देह व्यापार भन्न रुँचाउँदैनन् ।
२)स्पेन (४२.२ अरब डलर) : यूएन युनिभर्सिटीको रिर्पोट अनुसार ३९ प्रतिशत स्पेनिस पुरुषले एकपटक यौनकर्मिसंग् सम्बन्ध बनाएको हुन्छ । २००९ मा स्पेनको स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेमा ३२ प्रतिशत पुरुषले यो कुरा स्वीकार गरेका छन् । यो होल्यान्यड र ब्रिटेनको तुलनामा १४ प्रतिशत धेरै हो ।
१) चीन (११७ अरब डरल) : चीनमा देह व्यापार पुरै गैरकानुनी छ । तर विश्वको सबैभन्दा ठुलो यौन कारोबार चीनमा हुने गरेको छ । चीनमा यौनकर्मीलाई सरकारले अपराधीको संज्ञा दिन्छन् । समयसमयमा प्रहरीले छापा मारिरहन्छ । तर चीनको मसाज पार्लर, बार र नाइट क्लबमा यौन व्यवसाय निकै फस्टाइरहन्छ ।
No comments:
Post a Comment