पाँचथर–नेपाल प्रहरीको पोशाक २०७३ वैशाख १ गतेदेखि फेरिदैछ। यसअघि डिउटीमा रहँदा देखिने प्रहरीको टाटेपाङ्गे्र कम्ब्याटको पोशाक फेरिएर अब गाढा निलो रंगको पोशाक हुनेछ। एक बर्ष अगाडि प्रहरीको पोशाक परिवर्तन गर्ने निर्णयपछि वैशाख १ बाट देशैभर युद्ध पोशाकबाट प्रहरी सादा पोशाकमा देखिने भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरले बिहीबार यो पोशाक प्रयोगमा ल्याएको छ। आगामि आईतबारदेखि कार्यक्षेत्रमा जिल्लाका सबै प्रहरी कर्मचारीले नयाँ पोशाक प्रयोग गर्ने पाँचथरका प्रहरी प्रमुख डिएपि कृष्णप्रसाद कोईरालाले बताए। केहीदिन नयाँ पोशकमा सर्वसाधारण झुक्कीन सक्ने ख्याल गर्दै प्रचार प्रसार समेत गरीने उनले बताए। युद्धको समयमा प्रयोग हुने किसिमको पोशाक भन्दा प्रहरीलाई सादा पोशाक नै उपयुक्त देखिएर यो प्रयोगमा ल्याएको बताइएको छ।
-Nagarik News
Thursday, 7 April 2016
बैशाख १ देखि यस्तो हुनेछ प्रहरीको नयाँ पोशाक (फोटो फिचर)
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment