भानुआटुमा ६.४ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । बन्दरगाह सहर ओल्एबाट ९५ किलोमिटर उत्तरपश्चिम इलाकामा भूकम्प आएको हो ।
गीनब्रीच समयाअनुसार बिहीबार २१ः५० बजे सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा १६.० किलोमिटर गहिराइमा रहेको छ ।
भानुआटुमा यसै हप्तामात्र यो तेस्रो पटक यति शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पबाट भएको मानवीय र एवम् भौतिक क्षतिको भने कुनै समाचार नआएको अधिकारीहरूको भनाई छ । रासस÷सिन्ह्वा
No comments:
Post a Comment