ला लिगा फुटबलमा रियल मड्रिडले इबरमाथि फराकिलो जित दर्ता गरेको छ। शनिवार साँझ आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले इबरलाई ४–० गोल अन्तरले पराजित गर्यो।
खेलको पाँचौ मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट रियलले अग्रता लिएको थियो। यस्तै खेलको १८ औँ मिनेटमा लुकासले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको एक मिनेट पछि नै क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता ३–० मा पुर्याए।
यस्तै खेलको ३९ औँ मिनेटमा जेसेले गोल गर्दै रियललाई ४–० को अग्रता दिलाएका थिए। पहिलो हाफमै चार गोल गरेको रियलले दोस्रो हाफमा भने गोल गर्न सकेन।
जितपछि रियल मड्रिड ३२ खेलबाट ७२ अंकका साथ केही घन्टाका लागि भएपनि दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७६ अंक छ भने समान खेलबाट एथ्लेटिको मड्रिडको ७० अंक छ।- Setopati
Saturday, 9 April 2016
ला लिगा फुटबलमा रियल मड्रिडद्वारा इबर पराजित
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment