काठमाडौं । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्रै कर्मचारीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् ।
वैशाख १० गतेका लागि तोकिएको युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले मन्त्रालय र प्रहरीको गाडी समेत तोडफोड गरेका छन् ।
उनीहरुले मन्त्रालयबाहिरको निर्वाचन कार्यालयको झ्याल र प्रहरीको गाडीको सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
आन्दोलन र तोडफोडमा उत्रिएका १० कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लाठीचार्जबाट अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् ।
सिंदरबार परिसरभित्र कुनै पनि प्रदशर्न र अान्दाेलन गर्न पाइँदैन । सिंहदरबार भित्र पार्टीकाे झण्डा तथा तुल ब्यानर समेत लैजान नपाइने नियम भए पनि कर्मचारीहरू भने मन्त्रालयमै अान्दाेलन गर्दै ताेडफाेडमा उत्रिएका थिए ।
No comments:
Post a Comment