२९ चैत, एजेन्सी ।
२ साता अघि आत्महत्या गरेकी बलिउड टेलिभिजन सेलिब्रेटी प्रत्युषा बनर्जीको घरमा काम गर्ने महिलाले उनको बारेमा अनौठो खुलासा गरेकी थिइन् ।
करोडौं कमाउने प्रत्युषासँग खर्च गर्ने पैसा नहुने र उनले आफ्नै घरमा काम गर्ने महिलासँग पैसा सापटी माग्ने गरेको खुलासा उनकै नोकर्नीले एक अन्तर्वार्ताका क्रममा गरेकी हुन् ।
भारतीय मिडिया रिपोर्टर्सका अनुसार प्रत्युषासँग कहिले पनि पैसा नहुने र आफूसँग सापटी माग्ने गरेको खुलासा नोकर्नी रेणुले गरेकी छिन् ।
रेणुले प्रत्युषा र उनका प्रेमीबीच झगडा हुने गरेको समेत खुलासा गरेकी छिन् ।
साना साना कुरामा नियमित झगडा हुने गरेको र राहुलसँग सम्बन्ध तोड्दा करिअरमा समस्या पर्न सक्ने चिन्ताका कारण उनी राहुलसँग टाढिन नसकेको रेणुको भनाइ छ ।
राहुलकी पूर्व प्रेमिकाले समेत प्रत्युषालाई गाली गर्ने गरेको रेणुले खुलासा गरेकी छिन् ।
उता प्रत्युषाका परिवारजनले उनलाई प्रेमी राहुल राजले माता पिताको हत्या गर्ने धम्की दिने गरेको खुलासा गरेका छन् ।
राहुलले प्रत्युषालाई दुर्ब्यवहार गर्ने र यसबारे कसैलाई बताए आमा बाबुकै हत्या गरिदिने चेतावनी दिने गरेको खुलासा आफन्तजनले गरेका हुन् । आत्महत्या गर्नु भन्दा ३ दिन अघि प्रत्युषाले घरमा फोन गरेर आफू सबै काम छोडेर घर आएमा राख्ने हो भनेर समेत सोधेको खुलासा उनका पिताले गरेका छन् ।
प्रत्युषा बनर्जीको निधनपछि एक पछि अर्को गर्दै रहस्यहरु उद्घाटन हुने क्रम जारी छ ।
प्रत्युषाले गत एप्रिल १ मा आफ्नै निवाशमा आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि अनेक अनेक अडकलवाजी र रहस्यकथा बाहिर आइरहेका छन् ।nepaliheadlines
No comments:
Post a Comment