Tuesday, 19 April 2016

चीनसँग बदला लिने भारतको तयारी

७ बैशाख, एजेन्सी ।
संयुक्त राष्ट्रसंघमा मसूद अजहरलाई अन्तराष्ट्रिय आतंकवादी घोषणा गर्नबाट चीनले रोकेपछि भारतले चीनलाई पनि समस्यामा पार्ने रणनीति अघि सारेको छ ।

चीनमा विवादित रहेको उइगुर मुस्लिमको मुद्धा उठाएर चीनलाई अफ्ठेरोमा पार्ने रणनीति भारतले बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो प्रस्ताव रोकेको विषयमा भारतले जवाफ मागेपछि चीनले भने यो विषयमा पाकिस्तानसँग सल्लाह गर्न सुझाव दिएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार दिल्लीस्थित चीनियाँ दुताबासका अधिकारी लियू जिनसाङले आफ्नो देश यो मामिलामा भारत र पाकिस्तान सहमत हुनु पर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । यद्यपी चीन सबै प्रकारकार आतंकबादको विरोधमा रहेको उनको भनाइ छ ।

चीनले अजहरको मुद्धामा आफूले भिटो लगाएको नभै प्राविधिकरुपमा रोकेको चीनले स्पष्ट पारेको छ ।
चीनसँग भएको सम्झौताबारे भारत बोल्यो-
भारतले भने चीनमाथि उइगुर मुस्लिम अल्पसंख्यामाथि चीनमा दमन भैरहेको भन्दै मानवअधिकारको मुद्धा उठाउने तयारी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सन् २००९ मा भारतले चीनको मुस्लिम समुदाय उइगुरका नेता रेबिया कादिरलाई भारत भ्रमण गर्न रोकेको थियो । अव भने भारतमा उइगुर मुस्लिमको कांग्रेस नै गर्न दिने तयारीमा भारत छ ।

चीनमा हान समुदायको बाहुल्यता छ । उनीहरुले अल्पसंख्यक उइगुरमाथि दमन गर्ने गरेको आरोप लाग्ने गरेको छ । यही मुद्धालाई उछालेर चीनलाई दवाव दिने तयारीमा भारत छ ।nepaliheadlines

No comments:

Post a Comment