चैत, काठमाडौं ।
नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीहरुलाई सिम कार्ड खरिद तथा इन्टरनेट डाटा प्याकेजमा विशेष छुटको घोषणा गरेको छ । एसएलसी दिने विद्यार्थीले रु ९० खर्च गरेमा रु ५० बराबरको टकटाइम र ३०० एमबी डाटा निशुल्क प्रयोग गर्न सक्ने छन् ।
एसएलसी दिएका विद्यार्थीहरुलाई २०७२ चैत २९ गते देखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने जानकारी टेलिकमले दिएको हो ।
यो योजना अनुसार उपलब्ध गराइने सिमकार्ड खरिद गर्न विद्यार्थीहरुले रु. ९० भुक्तानी गर्नुपर्नेछ र त्यसमा रु. ५० बराबरको टक भ्याल्यु र 300 MB Data निःशुल्क उपलब्ध हुने छ ।
डाटा खरिद गरेको ६ महिनासम्म प्रत्येक महिना 50 MB Data का दरले निःशुल्क प्रयोग गर्न सकिने छ । यस योजना अन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि,
विद्यार्थी स्वयं वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नु पर्ने एनटिसीले जनएको छ । यो योजना २०७३ असार मसान्तसम्म कायम रहनेछ ।nepaliheadlines.
No comments:
Post a Comment