भारतीय लगानीको बहुचर्चित जलबिद्युत आयोजना माथिल्लो कर्णालीका लागि जिएमआरसँग भएको जलबिद्युत सम्झौताको विरोध गरिएको छ ।
करीव ४ हजार १ सय ८० मेगावाट क्षमता रहेको माथिल्लो कर्णाली जलबिद्युत परियोजनालाई ९ सय मेगावाटमा खुम्च्याउने काम गरिएको भन्दै भारतीय कम्पनी जिएमआरसँगको सम्झौता(पीडिए) तत्काल खारेज गर्न माग गरिएको हो ।
बिहीवार कर्णाली बचाऔं राष्ट्रिय अभियानले पत्रकार सम्मेलनको आयोजना गरी परियोजनाको क्षमतालाई घटाएर सरकारले ९ सय मेगावाटमा झार्ने काम गरेको भन्दै भारतीय कम्पनीको लगानीमा निर्माण गर्न लागिएको सो परियोजनाको क्षमता घटाउनु स्वीकार्य नभएको भन्दै बिरोध जनाएको छ । संघर्ष समितिले पूर्ण क्षमता अनुसार नै परियोजना सञ्चालन गर्न माग गरेको छ । अभियानका अध्यक्ष भरत बहादुर शाहीले परियोजनाको क्षमताभन्दा कम मेगावाट क्षमतामा भारतीय कम्पनीसँग सम्झौता गरेर सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन ।
जीएमआरसँगको उक्त सम्झौता तत्काल खारेज नगरे सशक्त आन्दोलन गर्ने चेतावनी संघर्ष समितिका अध्यक्ष शाहीले नेपाल सरकारकै अगुवाईमा सार्वजनिक–निजी साझेदारीका आधारमा उक्त परियोजनालाई पूर्ण क्षमता ४ हजार १ सय ८० मेगावाटमा अघि बढाउन समेत जोड दिएका छन ।
अभियानले आगामी बैशाख मसान्तसम्म संघर्ष र जनजागरणका कार्यक्रमहरु समेत अघि सारेको जनाएको छ ।- News24Nepal.com
Thursday, 7 April 2016
माथिल्लो कर्णालीका लागि जिएमआरसँग भएको सम्झौताको विरोध
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment