काठमाडौं, ३० चैत्र । चर्चित गायिका ज्योती मगर युएसको जेलमा परेकी छन । उनलाई सुवास कँडेलले जेल हालेका हुन ।
तर ज्योती बिना कुनै कसुर जेल परेकी हुन । तर यो जेल वास्तबीक जेल नभै युएस खवर टेलिभजनका लागि तयार पारीएको नयाँ कार्यक्रम युएस खवर कँडेलको जेल नामक कार्यक्रम हो । ज्योती उक्त कार्यक्रममा अतिथीका रुपमा उपस्थित भएकी हुन ।
साप्ताहिक रुपमा प्रस्तुत हुने यो कार्यक्रमका प्रस्तोता सञ्चारकर्मी तथा मोडल सुवास कँडेल रहेका छन । उनि बाग्लुङ्ग निवासी हुन । प्रस्तोताले स्थानिय लवजमै कार्यक्रम होस्ट गरेका छन ।
कार्यक्रमको उत्पादन तथा निर्देशन युएस खबरका प्रधान सम्पादक लोकराज अधिकारीले गरेका हुन । उत्पादनमा युएस खवर अनलाइन र युएसखबर पाक्षिकको सहभागिता छ । source – medianp
No comments:
Post a Comment