Saturday, 30 April 2016

भगौडा उद्योगपति भन्छन्, ‘मेरो पासपोर्ट रद्द वा पक्राउ गर्दैमा पैसा असुल हुँदैन’

लन्डन, १९ वैशाख । चर्को विवादमा घेरिएका भारतका बिबादास्पद उद्योगपति विजय माल्याले आफ्नो पासपोर्ट रद्द वा पक्राउ गर्दैमा कुनै पैसा असुल नहुने बताएका छन् ।

लन्डनको फाइनेंशियल टाइम्ससँगको साक्षात्कारमा माल्याले भनेका छन्, ‘मेरो पासपोर्ट रद्द गर्ने वा गिरफ्तारीले कुनै पैसा मिलने वाला छैन ।’ उनले आफ्नो व्यवसायको दुखद् अध्यायलाई बन्द गर्न चाहेको बताएका छन् ।

‘मैले बैंकहरूसँग सधै कुरा गर्दै आएको छु’, माल्याले भनेका छन्, ‘ऋण तिर्न चाहेको छु । मेरो क्षमताअनुसार ऋण तिर्न खोजे पनि बैंकहरूले मानेका छैनन् ।’ माल्याले ऋणको व्याजलाई घटार तिर्न खोजेका थिए । तर, बैंकहरूले सावा र व्याज चाहिनेभन्दै आएका छन् ।

भारतीय विदेश मन्त्रालयले उद्योगपति विजय माल्याको पासपोर्ट रद्द गरी दिएको छ । उनी विरुद्ध वारेन्ट पनि जारी भएको छ । माल्याको निर्वासित जीवनका विषयमा पनि भारत सरकारले छलफल गरिरहेको
बीबीसी ले जनाएको छ ।
प्रवर्तन निदेशालयले १३ अप्रिल, २०१६ मा विजय माल्याको पासपोर्ट निलंबित गर्न माग गरेको थियो । निदेशालयका अनुसार तीन पटक नोटिस दिए पनि विजय माल्या एजेंसी समक्ष हाजिर नभएको जनाइएको छ ।

आईडीबीआई बैंकलाई विजय माल्याले ९०० करोडभन्दा बढी भारतीय मुद्रा ऋण तिरेका छैनन् ।
भारत सरकारले विजय माल्यालाई सुपुर्दगीका लागि ब्रिटेनसँग कोशिश गरिरहेको समाचारमा उल्लेख छ । माल्याले किंगफिरका विषयमा विश्वकै राम्रा अडिटरलाई लगेर अडिट गर्ने पक्षमा रहे पनि आफूलाई सम्पत्तिमा अधिकार नदिएकाले अडिट गर्न नसकेको गुनासो पनि गरेका छन् ।

व्यवासयी विजय माल्याले नरेन्द्र मोदी सरकार आफू विरुद्ध नलागेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री मोदीको प्रसंशा गर्दै राज्य सभामा पनि भारतीय जनता पार्टीको बहुमत होस् भन्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन्

आफूलाई भारतीय हुँभन्दा गर्भ लाग्ने गरेको बताएका माल्या आजकाल लन्डनमा आलिसन आफ्नै घरमा बस्दै आएका छन् । भारतमा विरोध भएपछि राज्य सभाको सदस्यको हैसियतमा कुटनीतिक राहदानी प्रयोग गरेर विजय माल्या लन्डन पुगेका हुन् । उनी लन्डन दुई मार्चमा प्रस्थान गरेका थिए ।

No comments:

Post a Comment