Saturday, 23 April 2016

एमाओवादी अध्यक्षसहित एक दर्जन नेताहरु अचानक एमालेमा प्रवेश

अछाम, ११ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्षसहित केही नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
देश विकास र जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको भन्दै एकीकृत नेकपा माओवादी परित्याग गर्दै पायल गाउँ कमिटी अध्यक्ष शेर बहादुर बोहरा, उपाध्यक्ष प्रेम सुनारसहित पदाधिकारी समेत एमालेमा प्रबेश गरेका हुन् ।
शनिबार नेकपा एमालेको जिल्ला प्रतिनिधि परिषदको भेलामा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री भीम रावलको हातबाट टीका ग्रहण गर्दै उनीहरु एमालेमा आएका हुन् ।
यस्तै, नेपाली कांग्रेस किसान संघका क्षेत्रीय उपाध्यक्ष पूर्णनाथ योगी पनि एमालेमा प्रबेश गरेका छन । शुक्रबार विभिन्न पाटी परित्याग गर्दै १ दर्जन भन्दा बढी स्थानीय नेताहरु एमालेमा प्रबेश गरेका छन् ।- दैनिक नेपाल डट कम

No comments:

Post a Comment